Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पुरुषभन्दा महिला धेरै विषयमा परिपक्व

$
0
0

सुबिना श्रेष्ठले सन् २००७ देखि अलजजिरा टेलिभिजनमा रिपोर्टरका रूपमा काम गर्नुका साथै विभिन्न वृत्तचित्र पनि निर्माण गर्दै आएकी छन्। उनले हालसम्म करिब २० वटा वृत्तचित्र निर्माण गरिसकेकी छन्। महिलाका विषयमा समाचार लेखेर महिला सशक्तीकरणमा योगदान पुर्‍याएबापत उनी हालै सिंगापुरबाट 'वी जर्नालिजम'नामक एक अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत भएकी छन् ।

हाल के गर्दै हुनुहुन्छ?
डकुमेन्ट्री बनाउँछु र समाचार पनि लेख्ने गर्छु।

बिहानी कसरी बित्छ ?
दुई बच्चाको हेरचाह गर्दैमा समय बितेको पत्तै हुँदैन।

पढ्दै गरेको पुस्तक ?
प्रवीण अधिकारीको भ्यानिसिंग याक्ट।

मन परेको पुस्तक ?
धेरै पढ्छु, यो नै भन्ने छैन।

सम्बन्धको परिभाषा ?
समझदारी हुनुपर्छ, एकअर्कामा सहयोगी हुनुपर्छ।

प्रेम के हो त ?
एउटा भावना।

सुन्दरता र बौद्धिकतामा केलाई बढी महत्त्वपूर्ण मान्नुहुन्छ ?
बौद्धिकता आवश्यक छ किनकि सुन्दरता हराएर जान्छ ।

फेसनप्रति कत्तिको सचेत हुनुहुन्छ ?
फेसनसम्बन्धी केही थाहा छैन र मतलब पनि गर्दिनँ ।

खुसी के हो त ?
एक प्रकारको भावना।

तपाईंको सपना ?
यो परिवर्तित हुन्छ र निरन्तर हुन्छ, यो नै भन्ने छैन।

जीवनलाई कसरी हेर्नुभएको छ ?
सुन्दर, एउटा अत्यन्तै सुन्दर चीज।

राजनीतिमा कत्तिको रुचि छ ?
अति आवश्यक, सबैले बुझ्नु र रुचि राख्नु जरुरी छ।

महिला हुनुको अर्थ ?
आशीर्वाद हो, खुसी छु ।

महिलाको सबैभन्दा राम्रो पक्ष ?
पुरुषभन्दा धेरै विषयमा परिपक्व हुन्छन्।

काम र महिलाको सम्बन्ध ?
पैसा छ भनेर काम नगर्ने हैन, काम त गर्नैपर्छ ।

तपाईंलाई मन पर्ने काम ?
किताब पढ्ने ।

सक्ने भए के गर्थें जस्तो लाग्छ ?
आँट्नुपर्छ, सबै काम सम्भव हुन्छ। हाल त्यस्तो केही सोचेको छैन।

विवाहको अर्थ ?
एक प्रकारको बन्धन । तर, यो महत्त्वपूर्ण छ ।

पुरुषको सबल पक्ष के हो जस्तो लाग्छ?
सोच्नै गाह्रो भयो ।

बिर्सन नसक्ने क्षण ?
बच्चा जन्माउँदाको क्षण कहिल्यै बिर्सन सक्दिनँ।

के देखेर सबैभन्दा बढी घृणा लाग्छ ?
जातीय विभेद मलाई पटक्कै मन पर्दैन ।

सफलताको आधार वा सूत्र ?
कडा परिश्रम ।

प्रस्तुति : नीतु घले/अन्नपूर्ण

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>