नेपाली व्यवसायी प्रवीन गुरागाईको लगानीमा ग्राण्डमाउथमा नयाँ नेपाली सिनमन ग्राण्ड बफेट रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सो रेष्टुरेन्टको सुरुवात शुक्रबार साँझ स्थानीय सांसद् एग्नेस म्याग्डोनल्स र फिलक्रिकका काउन्सिलर डेबिड फाल्वरले संयुक्त रुपमा रिवन काटेर गरे ।
सांसद म्याग्डोनलने रेष्टुरेन्टको सफलताको शुभकामना दिए । १ सय १० सिट क्षमता भएको सो रेष्टुरेन्टमा नेपाली, इण्डियन, चाइनिज तथा थाइ खानाको स्वाद पाइने गुरागाईले बताए । हाम्रो रेष्टुरेन्टमा खानाको स्वाद अरुको भन्दा गुणस्तीय छ, गुरागाईंले भने, ‘ग्राहकको सन्तुष्टि नै हाम्रो उद्देश्य हो ।’ रेष्टुरेन्टले राम्रो ब्यापार गर्ने गुरागाईंको आशा छ ।‘बेष्ट सर्भिस र बेष्ट क्वालिटी फुड नै रेष्टुरेन्टको आर्कषण भएको उनको दावी छ ।
क्याटरिङ व्यवसायमा करिब १४ बर्षको अनुभव रहेका सेफ खुम खत्रीले किचनको सबै काम समालेका छन् । खत्रीले बनाएको खानालाई शुक्रबारको कार्यक्रममा सांसदलगायत सबैले मन पराए । सो कार्यक्रममा नेपाली समुदायको समेत उल्लेख्य उपस्थिती थियो । कार्यक्रममा उपस्थित अतिथिले नेपाली तथा हिन्दी डान्सबाट मनोरन्जन लिएका थिए । नेपाली परम्पराअनुसार पण्डितद्वय मेदनी मिश्र र सूर्य शर्माले मन्त्रबाचन गर्दै होमसमेत गरेका थिए ।


