Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बिहे गरिदेऊ, भोट लैजाऊ : कुमार केटाहरुको माग

$
0
0

भारतमा लोकसभा चुनाव लागेको छ । दलहरुले उम्मेदवार घोषणा गर्दै भोट मागिरहेका छन् । तर, हरियाणा बीबीपुरको पञ्चायतले भने भोटका लागि अनौठो शर्त राखेको छ ।

पञ्चायतले गाउँका कुमार केटाहरुको विवाह गराउने उम्मेदवारलाई भोट दिने घोषणा हो । आफ्नो मागलाई बलियो रुपमा अघि सार्न गाउँलेहरुले कुमार केटाहरुको समूह नै बनाएका छन् ।

समूहको नाम रन्डा युनियन दिइएको छ । यसको नारा छ, ‘बुहारी देऊ, भोट लेऊ’ । अर्थात् जसले बेहुली ल्याएर विवाह गरिदिन्छ, उनैलाई गाउँका कुमार केटाहरुले भोट दिनेछन् ।

हरियाणामा भ्रुण हत्याका कारण केटी पाउन निकै कठिन हुँदै गएको छ । सरकारी तथ्यांकअनुसार एक हजार पुरुष बराबर ८ सय ७७ महिला जन्मन्छन् । केटी नपाएकै कारण हजारौं युवा उमेरले नेटो काटिसक्दा पनि कुमारै छन् ।

हरियाणाका करिव ७ हजार गाउँमध्ये हरेक गाउँमा करिव १ सय ५० नौजवान यस्ता छन्, जसको उमेर २५ वा सोभन्दा माथि भए पनि केटीको अभावमा विवाह हुन सकेको छैन ।

Viewing all articles
Browse latest Browse all 20351