Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

विश्वकपका लागि साकिराको नयाँ गीत (भिडियो सहित)

$
0
0
चैत १२ - चर्चित कोलम्बियन पपस्टार सकिराले यसपटकको विश्वकप फुटबलका लागि गीत गाएकी छिन् । सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबलका लागि उनले गाएको ‘वाका वाका’ बोलको गीत चर्चित भएको थियो ।
अब पुन ‘ला ला ला’ बोलको विश्वकप गीत गाएर उनले संसारलाई एकपटक पुन नचाउने छिन् । यसपालीको गीत उनले आफै लेखेकी हुन् । यो नयाँ गीत ‘डेयर’को संशोधित रुप हो । गीतको रेकर्डिङ्ग भईसकेको छ र यो गीत युट्युबमा पनि सार्वजनिक भएको छ । केही म्युजिक कम्पनीले फुटबलका केही दृष्यलाई मिलाएर गीतको भिडियो नै बनाएर सार्वजनिक गरेका पनि छन् । आफ्नो एल्बममा समावेश भएको ‘डेयर’ बोलको गीतको संशोधित रुपको रुपमा उनले विश्वकप गीतलाई तयार पारेकी हुन् । ब्राजिलमा हुने फुटबलको महाकुम्भमेलामा साकिराको ‘ला ला ला’ ले सबैको ध्यान खिच्नेमा साकिरा विश्वस्त देखिएकी छिन् । “यो जोशिलो ब्राजिलियन गीत को, गीतको संगीत पनि मेरै हो, मैले विश्व कपका लागि भनेरै यो गीत रेकर्ड गराएकी हुँ”, ३७ वर्षकी गायिका भन्छिन् ।
साकिराको नयाँ गीत तलको भिडियोमा हेर्न सकिन्छ । यो भिडियोमा रहेको गीत साकिराकै भए पनि साकिराले नै बनाएको आधिकारिक भिडियो भने होइन ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>