![]()
काठमाडौँ : भारतको राजधानी दिल्लीमा एक १९ वर्षीया नेपाली युवतीलाई चार पुरुषले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ।
भारतको निजी समाचार एजेन्सी इन्डो-एसियन न्युज सर्भिसले जनाए अनुसार युवतीलाई घरेलु कामदारको जागिर लगाइदिने बहानामा चिनजानकै एक पुरुषले दक्षिणी दिल्ली वसन्त कुञ्जस्थित सुनसान इलाकामा लगेका थिए। त्यहाँ उनले थप तीन साथी बोलाई कुकृत्य गरेका थिए।
महिलाले प्रहरीलाई खबर गरेपछि २६ वर्षका अंकित भार्गव घटनास्थलबाट पक्राउ परेका थिए। २५ वर्षका सन्दीप र २० वर्षका आशिष पछि सोही इलाकाबाट पक्राउ परेको समाचार एजेन्सीले जनाएको छ।
महिलाको चिनजानका पुरुष भने फरार छन्।
source : annapurnapost