Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

ढुकुटी काण्डदेखि मानव तस्करसम्म नेपाली कलाकार !!

$
0
0
केही कलाकारहरुले आफ्नो छवि धमिलो बनाउँदै जाँदा नेपाली सिनेमा तथा संगीत क्षेत्र नै फोहोरी देखिन थालेको छ । ढुकुटी खेलाएर भाग्ने, फस्ने तथा वेपत्ता हुनेदेखि रोजगारी लगाइदिन्छु भन्दै विदेशमा यूवती लैजाने गिरोहमा नेपाली कलाकारको संलग्नता बढ्दै गएको छ ।
ढुकुटी काण्डमा चर्चित लोकगायिका श्रृजना ‘विरही’ थापा पक्राउ परेको घटना खासै पुरानो भएको छैन । अहिले ढुकुटीले धेरै कलाकारलाई सडकमा समेत ल्याइदिएको छ । ढुकुटीमा लोकगायक यम क्षेत्री आफू मात्र डुबेका छैनन्, आफ्ना अन्य सहकर्मीलाई पनि डुबाएको बताइन्छ । उनीसँग लेनदेनको कारोबारमा गायिका निशा सुनुवार, चर्चित गीतकार शिव हमाल, बसन्त थापा, दोहोरी गायक रामजी खाँडसम्म छन् ।
शिवले २२ लाख यस्तै कारोबारमा डुबाएका छन् । रामजी पनि १५ लाख डुबाएर बसेका छन् । केही समय अघि मात्र चलचित्रको पर्दामा जाँदुगर बनेका महादेव त्रिपाठीले कलाकार संघको नक्कली परिचय पत्र बनाएर यूवतीलाई अफि्रकाका डान्स बारमा पुर्‍याएको खबर बाहिरिएको थियो । राम्रो रोजगार लगाइदिन्छु भन्दै श्रीमती बनाएर त्रिपाठीले यस्तो क्रियाकलाप गरेको समाचार प्रकाशित भएको थियो ।
हालै मात्र कलाकार दिनेश शर्माले नक्कली कलाकार बनाएर बेल्जियम लैजाने भन्दै ४ करोड ठगेको खबर बाहिरिएको छ । दिनेश शर्मासहित ३ जनाले ४० जनाभन्दा बढिसँग ४ करोड उठाएपछि यसले हंगामा मच्चाएको छ । पीडितहरुले शर्मा सहित मिठु श्रेष्ठ र प्रकाश अर्याल विरुद्ध नक्कली कलाकार संघको परिचय पत्र बनाई बेल्जियम पुर्‍याइदिने भन्दै ठगेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ । पीडितका अनुसार शर्मा सम्पर्क बाहिर छन् भने अर्याल वेल्जियमा नै छन् ।
इलामकी ४२ बर्षकी कृष्णकुमारी कँडेलले कलाकार दिनेश शर्मालाई २ लाख ३० हजार रुपैयाँ दिएको बताएकी छिन् । उनले कलाकार संघको कार्ड बनाउन मात्र ५० हजार रुपैयाँ दिएको उल्लेख छ ।
कसैलाई रोजगारी दिलाइदिने त कसैलाई कल्चरल प्रोग्रामका लागि भिजा लगाइदिने भन्दै कलाकारहरुले मानव तस्करी गरिरहेका छन् । यता नायिका ऋचा घिमिरे र उनका पति शंकर घिमिरेले पनि ढुकुटीबाट ठगेको पैसा तिर्न नसकेपछि अमेरिका पलायन भएको बताइन्छ ।
ऋचाबाट ढुकुटीमा दुई दर्जनभन्दा धेरै मानिस पीडित छन् । घिमिरे दम्पत्तीबाट ठगिनेमा कलाकार रमिला अधिकारीकी आमा र चाबहिलस्थित केएल टावर नजिकै ब्यूटी पार्लर गरेर बस्ने चुनु थापा लगायत छन् । रमिलाकी आमाको ९ लाख ४२ हजार ऋचाले झ्वाम पारेको आजको ‘शुक्रबार’ साप्ताहिकले छापेको छ ।
कलाकार धु्रव न्यौपानेको ढुकुटी फन्दामा निर्मात्री कविता श्रेष्ठ, नायिका रेखा थापा, दिपाश्री निरौला लगायत फसेका छन् । ध्रुवले तिर्छु भनेको दीपाश्री निरौलाको भनाई छ ।
यसरी ढुकुटी काण्डदेखि मानव तस्करीसम्म कलाकारहरुको नाम जोडिदा सिंगो कला क्षेत्रको नै धज्जी उडेको छ ।
-
कान्तिपुर दैनिक

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>