
एजेन्सी- मिस वर्ल्डमा सहभागिता जनाउन इन्डोनेसिया पुगेकी मिस नेपाल इशानी श्रेष्ठ सोमबार राति भिडियो परेडमा सहभागी भएकी छन्। इन्डोनेसियाको राजधानी बालीस्थित बाली इन्टरनेशनल कन्भेन्सन सेन्टर अफ दी वेस्टिन रिसोर्टमा भएको कार्यक्रममा इशानीसँगै १ सय २५ राष्ट्रका सुन्दरीहरु सहभागी थिए। मिस वर्ल्डकै इतिहासमा यो ठूलो जम्घट भएको बताइएको छ। ६३औं मिस वर्ल्डमा क्यामरुन, ज्यनिया, कोसोभो र उज्वेकिस्तानबाट पहिलोचोटि सुन्दरीहरुले भाग जनाएकी छन्।
कार्यक्रममा मिस युनिभर्स, मिस इन्टरनेशनल, मिस अर्थ, मिस सुपरनेशनल, मिस टुरिज्म इन्टरनेशनलका प्रतिस्पर्धीहरुसमेत सहभागी थिए। कार्यक्रममा स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिएका थिए। source : nagriknews
कार्यक्रमको भिडियो हेर्नुस्:
स्विमिङ सटमा सहभागिता जनाएकी इशानी श्रेष्ठ।
भिडियो पनि हेर्नुस्: