Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

घरमै अजङ्गका सात बाघ पालेपछि डराएर थर्कमान छन् सबै छिमेकीहरु (भिडियो)

$
0
0
एजेन्सी । तपाइले जंगलको शक्तिशाली जनावर बाघलाई कि जंगलमै कि चिडियाखानामा मात्र देख्नुभएको होला। प्रत्यक्ष रुपमा देख्नुभएको छ भने बाघसँग सम्मुख हुन नपरे जस्तो पनि लाग्छ होला तपाइलाई । टेलिभिजनको पर्दामा मात्र देख्नुभएको हो भने पनि उनीहरु जंगलमै ठीक छ भन्ने नै लाग्छ होला तपाइलाई ।

तर ब्राजिलका आर्यस वोगर्सको  परिवारले एक हैन सात बाघलाई घरमै पालेर अचम्मै गरेको छ । उनीहरुले बाघलाई घरपालुवा कुकुर जस्तै पालेका छन्। साथै ति घरका परिवारले बाघसँग पौडी खेलेको, नुहाएको, खेलेको समेत दृश्यमा देख्न सकिन्छ। परिवारका सदस्यले बाघलाई गाइको वाच्छलाई नुन दिएर हात चटाए जस्तै हात चटाएको पनि देखिन्छ भने कतिपय बेलामा बाघको दाह्रा समातेर जिस्किएको र बाघको ढाडमा सुतेको पनि भिडियोमा देखिन्छ।

बाघका बच्चाहरु आर्यस वोगर्सको छोरीहरुसँगै हुर्किएको स्थानिए एक टेलिभिजनले जनाएको छ। तर उनका छिमेकीहरु भने वोगर्ससँग डराउने गरेका छन्।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>