Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

को हुन गायिका मन्जु महत? 'गायक गौतम भन्छन्,‘उहाँ आँखामा राखे पनि नविझाउँने हुनुहुन्थ्यो’ '

$
0
0

photo.phpकाठमाडौं,चैत१५–शुक्रबारको विहान घरबाट निस्कने बेला डेढ वर्षकी छोरीलाई मायाले मुसार्दै मन्जुले भनेकी थिइन्, ‘नानु,नरोई बस् है, म एकछिन पछि नानुलाई पापा लिएर आउँछु ।’

तर यसरी आफ्नी आत्मिय प्यारी छोरीलाई पापा ल्याउने बचन दिएर गीत रेकर्डका लागि जमल हिँडेकी मन्जु पापा लिएर आफ्नी छोरीको समिप आउन सकिनन् । निष्ठुरी कालले २३ वर्षको कलिलै उमेरमा लगेपछि उनी अब कहिल्यै प्यारी छोरीसँग सम्बाद गर्न नपाउने गरी विदा भएकी छिन् ।
ठमेलको ग्वार्को पाखामा आफुले चढेको स्कुटी दुर्घटनामा परेपछि अव मन्जुको छोरी,श्रीमान,परिवार र शुभचिन्तकहरुले उनलाई कहिल्यै प्रत्यक्ष संवाद गर्न पाउने छैनन् । उनी केवल अव स्मृतिको कहिल्यै नमेटिने पानामा सम्झनाका तरेलीका रुपमा मात्र रहिरहनेछिन् ।
कास्कीको पोखरामा जन्मेकी मन्जु सानै देखि लोक गीत भनेपछि हुरुक्कै हुन्थिन । गीत संगीतप्रतिको उनको सानैदेखिको यही मोहलाई उनले पछि पेशाकै रुपमा अगालिन् ।उनीसँग सात वर्षदेखि सहकार्य गर्दै आएका लोक गायक थानेश्वर गौतम उनको विगत सम्झदै भन्छन्,‘उहाँ लोकगीत भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । लोकगीतमा लागेपछि आफुलाई त्यसैमा समर्पित भएर लाग्ने बानी उहाँमा थियो ।
उनले केही समयअघि एउटा टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा भनेकी पनि थिइन्‘माटो र पानीले नै मलाई यसतर्फ लाग्न प्रेरित गर्यो । चाहेर पनि मैले यो लोकगीतलाई छाड्न सकिन् ।’ तर लोक गीत र संगीतलाई यतिधेरै माया गर्ने मन्जुलाई निष्ठुरी कालले भने देखि सहेन, लाउ–लाउ र खाउ खाउकै कलिलो उमेरमा उनलाई चुडेर लगि छाड्यो,टिकि खान दिएन् ।
लोकगायक लोकनाथ सापकोटाको प्रेरणा र सहयोगले आफुलाई यहाँ सम्म आएको बताउने महतले सानैदेखि स्टेज कार्यक्रमहरुमा लोक गीत गाउन थालेकी थिइन् । स्कुलको कलिलै उमेरदेखि स्टेज गायनमा समर्पित भएकी उनी छिट्टै चर्चाको शिखरमा आइन् । कति सम्म भने पछिल्लो समयमा उनी विनाको स्टेज कार्यक्रम स्रोताले ‘नुन विनाको तरकारी’ जस्तै महसुस् गर्ने गरेका छन् । देश तथा विदेशमा उनको माग व्यापक रुपमा बढ्नुले पनि उनको लोकप्रियता कति थियो भन्ने स्पष्ट पार्छ ।
उच्च शिक्षा अध्ययनका लागि कलेज प्रबेश गरेपछि आफ्नो सांगीतिक यात्राले गति ल्याएको बताउने महतले केही समयअघिको आफ्नो एक टेलिभिजन अन्तवार्ताको क्रममा भनेकी थिइन्,‘कलेज प्रबेश गर्ने बित्तिकै मेरो सांगितिक यात्राले गति लियो । मैले सोच्दै नसोचेको सफलता पाए ।’लोक दोहोरी साँझमा प्रबेश गरेर आफ्नो प्रतिभा तिखारेकी उनी पछि मुलधारकै गायनमा आइन् ।
‘ तिज आयो,छम छमि’बोलको तिज गीतबाट आफ्नो औपचारिक सांगितिक जीवना सुरु गरेकी महतले यो बीचमा दर्जन गीत गाएर नेपाली लोक दोहोरी आकाशमा आफुलाई अव्वल दर्जाको गायिकाको रुपमा उभ्याउन सफल बनिन् । उनले गाएका ‘हिरा मोती झै, पढ्यो पढ्यो पाठ हजुर सोह्र दुना आठ,नभन है कसैलाई भन्न हुँदैन’जस्ता गीतले त उनको उचाइलाई ह्वात्तै बढायो ।
तेज प्रतिभा भएकी गायिका महत सामाजिक रुपमा अन्त्यन्तै मिजासिली र मिलनसार थिइन् । उनले कहिल्यै कसैलाई बिझाउने कुरा गर्थिनन् । उनीसँगै काम गरेका लोक गाएकथानेश्वर गौतम उनको भुल्नै नसकिने स्वभावाको स्मरण गर्दै भन्छन्‘उहाँ अत्यतै मिलनसार हुनु हुन्थ्यो । उहाँले कहिल्यै कसैलाई दुखाउने गरी व्यबहार गर्नु भएन । उहाँको मृत्युले एक होनाहार प्रतिभा मात्र हामीले गुमाएको छैनौ,एक असल इमान्दार व्यत्तिलाई समेत गुमाएका छौं ।’

source : ratopati

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>