Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

यसरी गरियो लोकदोहारी गायिका मञ्जु महतको अन्त्येष्टी (भिडियो)

$
0
0
काठमाडौं, चैत्र १७ । माइक्रोबसको ठक्करले मृत्यु भएकी लोकदोहोरी गायिका मञ्जु महतको आज पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । अन्त्येष्टीमा आफन्त, कलाकार र सर्वसाधारणको ठूलो उपस्थिति थियो ।  
यसअघि मञ्जुको शवलाई आज प्रज्ञा भवन कमलादीमा राखी अन्तिम श्रद्धान्जली अर्पण गरिएको थियो । माइक्रोबस सञ्चालक र आन्दोलनकारी कलाकारहरुबीचको वार्तामा सञ्चालकहरुले गायिका महतका परिवारलाई १० लाख क्षतिपूर्ति दिने सहमति भएपछि गायिकाको अन्त्यष्टी गरिएको हो । 

गत बिहीबार जमलस्थित रेकर्डिङ स्टुडियोतर्फ जाँदै गरेकी गायिका महतलाई ठमेल गल्कोपाखामा दुईवटा माइक्रोबसले चेपेर घाइते बनाएकोमा ग्राण्डी अस्पतालमा उपचारको क्रममा शनिबार निधन भएको थियो । 

माइक्रोबसको लापरबाहीको कारण मन्जुको मृत्यु भएको विरोधमा उत्रिएका कलाप्रेमीहरुले राजधानीका सडकमा माइक्रोबसको छाडापनका कारण सडकमा कोही पनि सुरक्षित नरहेको भन्दै माइक्रो बसमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>