जब हामीहरु डराउँछौं, चिसो हुन्छ, रोमान्चक हुन्छौं, त्यतिबेला हाम्रो शरीरका रौं ठाडा हुन्छन् । संगीत, भय, चिसो, खुशी, उत्साह, प्रशंसा, कामोत्तेजनाजस्ता कारणले शरीरमा रौं ठाडो हुन्छ । किन ठाडा हुन्छन् त रौं ?
मानिसको रौं एक केन्द्रीय कम्प्युटरको रुपमा शरीरको सबै अंग सञ्चालन गर्छ, जसका लागि स्नायु प्रणालीको सहयोत लिन्छ । मष्तिष्कको संबन्ध मेरुदण्डसंग जोडिएको हुन्छ, जसबाट धागोजस्तो स्नायू शरीरको सबै हिस्सामा जान्छ ।
मष्तिष्कबाट प्रसारित सन्देश स्नायूप्रणालीद्वारा शरीरको सबै अंगमा फैलन्छ । मष्तिष्कमा दुई प्रकारको स्नायू प्रणाली हुन्छ, जसमा दुई प्रकारका भाग हुन्छन्, सिम्पाथेटिक र प्यारासिम्पाथेटिक स्नायू प्रणाली ।
जब मानिस कुनै डरलाग्दो चिज देख्छन् या कुनै भावुक संगीत सुन्छन्, सिम्पाथेटिक स्नायू प्रणालीले मुटुको गतिलाई बढाइदिन्छ । यसको उद्देश्य शरीरका सबै अंगमा बढी रक्तसन्चार गर्नु हो, साथै यसले मृगौलाको माथिल्लो भागमा रहेको एड्राइनल ग्रन्थीबाट एड्रेनाइलाइन हार्मोन निकाल्छ, जसबाट मांशपेशीलाई अतिरिक्त शक्ति मिल्छ ।
परिस्थितिसंग सामनागर्न सक्षम बनाउन अतिरिक्त शक्ति यो हार्मोनबाट मिल्छ । यसका अलावा मांशपेशीले शरीरको रौंलाई उत्तेजित गर्छ, ताकि शरीरबाट ताप बाहिर आओस् । यही प्रक्रिया चिसोको बेला पनि हुन्छ ।
संगीत सुन्दा – संगीत सुन्दा पनि रौं ठाडा हुन्छन् । यस्तो प्रवृत्तिमाथि क्यानडाका वैज्ञानिकहरुले अनुसन्धान गरेका थिए । अनुसन्धानमा उनीहरुले के पाएका थिए भने जब संगीतले मानिसलाई उल्लास, खुसीजस्ता भावुकताको अनुभूति दिलाएपछि रौं ठाडो हुन्छ । यसको सिधा संबन्ध मष्तिष्कसंग छ, जसले एड्राइनल हार्मोन उत्पन्न गराउँछ ।
डर लाग्दा – डर लाग्दा पनि रौं ठाडो हुन्छ । यस्तो बेलामा सिम्पाथेटिक स्नायू प्रणालीका कारण हुन्छ, जसले मुटुको धड्कन उत्पन्न गराउँछ र छालाको मांशपेसीलाई प्रभािवत गर्छ ।
चिसो लाग्दा – चिसो लाग्दा पनि रौं ठाडो हुन्छ । वातावरण चिसो भएको अवस्थामा शरीरमा उपस्थित पसीना बनाउने ग्रन्थीले आफ्नो आकार सानो बनाउँछ । यो ग्रन्थीको उद्देश्य शरीरलाई तातो बनाइराख्नु हो । ग्रन्थीको आकार सानो भएका बेला रौं ठाडो हुन्छ ।