बजारमा आएका विभिन्न गसिपलाई हल्लाको संज्ञा दिदै ‘आधी बाटो’ हिरोइन जेनिशा केसीले आफ्नो प्रेमी रहेको बताइन् । ‘आधी बाटो’मा निर्माता रमेश त्वयनासँग निकट भएकै कारणले जेनिशाको हालिमुहाली देखिएको समाचार बजारमा आइरहेका छन् ।
यस बिषयमा कुरा गर्दै केसीले नचाहिदो हल्ला भनेकी छिन् । जेनिशाले आश्चर्य मान्दै भनिन्, ‘ओ.माई.गड, २ बच्चाको पितासँग मेरो नाम जोडिएको सुन्दा छक्क परे ।’ उनले आफूले एक प्रेमी हुँदाहुँदै अर्को व्याइफ्रेन्ड बनाएर नहिड्ने समेत बताइन् ।
उनले ‘आधी बाटो’ त्रिकोणात्मक प्रेमकथा भएको भन्दै आफू त्यसको मुख्य हिरोइन भएकाले प्रमोशनमा बढि देखिएको तर्क गरिन् । सिनेमा निर्देशकको क्रियशन भएको भन्दै उनले ‘आधी बाटो’मा आफ्नो ७ सिन काँटिएको खुलाइन् ।
अनुको दृश्यहरु काट्नमा तपाइले ठूलो भूमिका खेल्नु भएको सुनिएको छ नि भन्ने प्रश्नमा आक्रोशित जेनिशाले, ‘यस्ता कुराले आफू पनि चर्चित कलाकार भएको महशुश गरेकोे बताइन् । अनु र निर्माता रमेश त्वयना विच पनि राम्रो सम्बन्ध भएको भन्दै स्तरिय चलचित्र बनाउन निर्माणपक्षले सोच्ने र कलाकारले त्यसमा साथ मात्र दिने तर्क गरिन् ।
‘प्रमोशनमा सबैले मलाई नै आउनुपर्छ भनेकाले हिडेकी हुँ’, ‘आधी बाटो’ हिरोइनले भनिन् । उनले ‘आधी बाटो’मा नयाँ कुरा केही नभएको भन्दै नेपालीपनको आकर्षक कथा भनेकी छिन् ।
आफूमाथि राजनीति गरेरै बदनाम गराउन खोजिएको तर्क गर्दै सुन्दर हिरोइनले ‘बदनाम हुनु, गुमनाम नहुनु’ भन्ने सिद्धान्त अपनाएको अनौठो तर्क गरेकी छिन् । सविर श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्र ‘आधी बाटो’मा जेनिशाका अलवा अनु शाह, सविन श्रेष्ठ, यश कुमार लगायतका कलाकारको अभिनय छ । चलचित्र भोलीबाट देशभर प्रदर्शनमा आउँदैछ ।

- अनलाइनखबर