हाम्रो संसार सम्बाददाता, काठमाडौं, भदौ २६ । स्वास्थ्य मन्त्रालयले बिहेवारी २० बर्ष पारीको नारा दिन छाडेको छैन,त्यो नारालाई एकीकृत माओवादीले सशस्त्र संघर्षका वेलादेखि नै आफना नेता कार्यकर्तामा लागू गराउदै आएको हो ।
मन मिलेपछि बिहेलाई उमेरले नछेक्ने उहाहरण पनि समाजमा भेटिदै आएका हुन,मान्छे बुढो भएपनि मन बुढो नहुदो रहेछ,त्यो कुरा माक्र्सवादी वा गैरमाक्र्सवादी दुवैमा लागू हुँदो रहेछ । एकीकृत माओवादीको स्कूलिङ बिभागका इन्चार्ज सोनाम साथी (शशी शेरचन)ले नेपालीको औसत उमेर अवधिभरी बिहे गरेनन । सोनाम साथी ‘बिहे भएको छैन,कुमार पनि होइन’भन्ने अवस्थामा रहदै आए । ६३ बर्षको उमेरमा आफू भन्दा आधा कम उमेरकी युवतीसँगको बिहेलाई उनको पार्टीले स्वीकृत गरेको छ । त्यसो त नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंहले पनि आफूभन्दा आधा कम उमेरकी युवतीसँग बिहे गरेका हुन ।
अविबाहित सोनाम साथी १० बर्षदेखि दाङकी किरण गौतमसँग ‘लिभिङ टुगेदर’को सम्बन्धमा रहदै आएका थिए । सोनाम साथी र किरणसँगै बस्थे,सोनाम साथीको कमजोर स्वाथ्यलाई किरणले रेखदेख गर्दै आएकी थिइन,स्वदेश तथा बिदेश जता जाँदा पनि उनीहरु दुवैसँगै जान्थे र आउँथे । तर उनीहरुको बिहे भएको थिएन । kiranआफूसँग १० बर्षदेखि बस्दै आएकी किरण गौतमसँगको विहे स्वीकृतिका लागि सोनाम साथीले पार्टीमा दिएको निवेदन एकीकृत माओवादीले मंगलबार स्वीकृत गरेको हो ।
अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा बसको केन्द्रीय सचिवालयको बैठकले सोनाम साथी र किरण गौतमको बिहेलाई स्वीकृत गरेको हो । एक नेताले भने‘सोनामजीले बिहेका लागि निवेदन दिइराख्नु भएको थियो,हामीले स्वीकृत गरयौ ।’ गत माघमा हेटौडामा भएको एकीकृत माओवादीको सातौ महाधिवेशनले पारित गरको बिधान मस्यौदा समितिका संयोजक रहेका सोनाम साथी ध्यान र योगमा निपुण छन । सोना साथी ६३ बर्षका हुन भने किरण गौतम उनको भन्दा आधा कम उमेरकी हुन ।
किरण गौतम एकीकृत माओवादीका केन्द्रीय सदस्य जीवन गौतमकी बहिनी हुन । दाजु जीवनको बिद्यार्थी राजनीतिबाट प्रभावित भइ राजनीतिमा नजिकिएकी किरण सादा जीवन जीउने सोनाम साथीसँग नजिकिन पुगेकी थिइन । तत्कालीन राजा ज्ञानेन्द्रको शासन बिरोधी संघर्षमा सोनाम साथी र किरणसँगसँगै हिडथे । नेता र कार्यकर्ता वीचको त्यो सम्बन्ध अहिले श्रीमान र श्रीमतीमा बदलिन पुगेको छ ।
तत्कालीन एकताकेन्द्रमा रहँदादेखि परिचित सोनाम साथी र किरण गौतमले आफूलाई एक अर्काको दुख सुखको साथी बनाउदै आएका छन । सोनाम साथी एकताकेन्द्र भंग गरेर एकीकृत माओवादीमा आउँदा किरण पनि सँगै आए जस्तै गरी उनीहरुले एक अर्कालाई नजिकबाट परिचित गराएपछि बिहेको बैधानिकता दिएका छन । स्रोत/काठमान्डु टुडे /तस्वीर:सोनाम साथीको फेसबुकबाट