Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

अब मन लागेका सामग्री फेसबुकमै सेभ गर्नुहोस्

$
0
0

तपाईले फेसबुकमा कुनै समाचारको लिंक, तस्वीर, गीत लगायतका महत्वपूर्ण समाग्री भेटनुभयो लिंक सुरक्षित राख्नेबाहेक त्यसलाई सेभ गरेर राख्ने सजिलो उपाय छैन ।

तर, अब फेसबुकले यो असजिलो पनि फुकाइदिने भएको छ । फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि यस्तो नयाँ फिचर ल्याउँदै छ जसका माध्यमबाट अब तपाईले हतपत भेटेका समाग्रीलाई सेभ गरेर पछि पढ्न वा हेर्न सक्नुहुन्छ ।

फेसबुकले परिक्षण गरिरहेको ‘सेभ’ फिचर केही प्रयोगकर्ताको न्यूज फिडमा देखिएको छ । जसअनुसार प्रयोगकर्ताले कुनै पनि लिंक सेयर गरे वा कमेन्ट तथा लाइक गरे त्यस्तो पोष्टमुनी सेभ अप्सन देखिने छ ।

सो आर्टीकल सेभ गरेपछि दायाँपट्टीको कोलममा गएर बस्ने छ । तपाईले सेभ गरेका आर्टीकलहरुको सूची त्यहाँ देख्न सक्नुहुनेछ ।

मोबाइल र डेस्कटप दुवै भर्सनमा यो अप्सन देखिएको छ । फेसबुकले चुपचाप परिक्षण गरिरहेको यो फिचर कहिलेदेखि सवै प्रयोगकर्तालाई उपलब्ध हुने छ भन्नेबारेमा केही बताइएको छैन ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>