चैत २३, काठमाण्डौ। आई.सि.सी. टि–२० विश्वकप क्रिकेट प्रतियोगिता २०१४ को उपाधि श्रीलंकाले उचालेको छ । आईतबार राती भएको फाईनलमा भारतलाई ६ विकेटले पराजित गर्दै उपाधीमाथि कब्जा जमाएको हो ।
श्रीलंका यसअघि सन् २००९ र २०१२ को उपविजेतामा सिमित रहेको थियो । आज भएको खेलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले राम्रो ब्याटिङ्ग गर्न सकेन । निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३० रनमै सिमित रह्यो ।
४ छक्का र ५ चौकाको मदतमा ५८ बलमा ७७ रनको योगदान विराट कोहलीले दिएपनि अन्य ब्याट्सम्यानले तिब्रगतिमा ब्याटिङ्ग गर्नसकेनन् । रोहीत शर्मा २६ बलमा २९ रन बनाएर रगंना हेराथको बलमा आउट भए भने अजन्क्या रहाने ८ बलमा मात्र ३ रन बनाएर ऐन्जुयोलो म्याथ्युजको बलमा बोल्ड भएका थिए ।
त्यस्तै युवराज सिंह २१ बलमा ११ रन बनाएर नुआन कुलसेकराको बलमा थिसल परेराबाट क्याच आउट भएका थिए । कप्तान महेन्द्रसिंह धोनीले ४ रन बनाउन ७ बल खर्चिए । १ सय ३१ रनको लक्ष्य पाएको श्रीलंकालाई दोस्रो ओभरमै झड्का लागेको थियो । कुसल परेरा ५ रनमै आउट भएका थिए । त्यसपछि तिलकरत्ने दिलसान पनि चाडैनै पेवेलियन फर्के ।
दिलसान रविचन्द्र आश्विनको बलमा कोहलीद्धारा १८ रनमा क्याच आउट भएका थिए । त्यसपछि आफ्नो अन्तिम अन्तराष्ट्रिय टि–२० खेलेका महेला जयबद्र्धने र कुमारा सागांकाराको जोडी जम्न लागेको थियो । तर जयबद्र्धने पनि २४ रन बनाउदा सुरेश रैनाको बलमा आश्विनद्धारा क्याच आउट भए । लाहिर थिरिमाने पनि अमित मिश्रको बलमा ध्वनीद्धारा क्याच आउट भएका थिए । श्रीलंकाका लागी विजयी पारी भने कुमार सागांकाराले खेल ।
सागांकाराले १ छक्का र ६ चौकाको मदतले ३५ बलमा ५२ रन मा अविजित रहदै खेलको म्यान अफ द म्याच बन्न सफल भए । त्यस्तै थिसरा परेराले २३ रन बनाए । श्रीलंकाले भने लक्ष्य सागांकाराको चौका सगै १३ बल बाकी रहदानै भेटाएको थियो ।
प्रतियोगितामा सर्बाधिक ३ सय १९ रन बनाएका भारतका विराट कोहली म्यान अफ द सिरिज घोषित भए ।
प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपाल उत्कृष्ट प्रदर्शनका बाबजुत समुह चरणको खेलबाटै बाहिरीएको थियो । नेपालले हङ्गकङ्ग र अफगानिस्तानलाई हराएको थियो । भने बगंलादेश सग पराजित भएको थियो । झिनो नेट रन रेटका आधारमा नेपाल रहेको समुहबाट बगंलादेश सुपर टेनमा प्रबेश गरेको थियो ।
प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको नेपाल उत्कृष्ट प्रदर्शनका बाबजुत समुह चरणको खेलबाटै बाहिरीएको थियो । नेपालले हङ्गकङ्ग र अफगानिस्तानलाई हराएको थियो । भने बगंलादेश सग पराजित भएको थियो । झिनो नेट रन रेटका आधारमा नेपाल रहेको समुहबाट बगंलादेश सुपर टेनमा प्रबेश गरेको थियो ।