Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

धर्म परिवर्तनले गाउँमा किशोरी छैनन्

$
0
0

नेपालगन्ज, चैत्र २४ - लाटीकोइली-१, झुप्राखोलाकी कृष्णा वादीका तीन नातिनीहरू काठमाडौँमा छन्। क्रिस्चियन धर्म प्रचारकले उनीहरूलाई तीन वर्षअघि पढाउन भन्दै लगेका हुन्। १५ वर्षकी दीपा कक्षा ६ मा, १० वर्षकी गीता कक्षा २ मा र सात वर्षकी रीता नर्सरीमा पढ्छिन् भनिएको छ। तर, उनीहरू कुन विद्यालयमा पढ्छन् भन्ने कृष्णालाई अत्तोपत्तो छैन। "हामी गरबि मान्छे, पढाइदिन्छौं भनेर आए। राम्रै हो भनेर पठायौँ,"उनी भन्छिन्, "बिदामा घर आए भने भेट हुन्छ। नत्र कहाँ बस्छन्, केही पत्तो छैन।"
कृष्णाको घरमा मात्र होइन, झुप्राखोलाछेउको वादी बस्तीमै किशोरीहरू छैनन्। गाउँ पुगेको क्रिस्चियन संस्थाले यहाँका १ सय १५ किशोरीलाई पढाउने भन्दै काठमाडौँ लगेको छ। तर, किशोरहरूलाई भने लगेन। जस्तो : कृष्णाका नातिहरू गाउँछेउको जनजीवन प्राथमिक विद्यालयमा पढ्छन्। जेठो छोरा पासाङ अलि परको सामुदायिक निम्न माविमा छन्। जनजीवन प्राविका ६० विद्यार्थीमध्ये पाँच जना मात्र छात्रा छन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनीता वादी भन्छिन्, "गाउँका सबै बालिका काठमाडौँ पुगेका छन्। विद्यालयमा बालक मात्र छन्।"
गरबिीले निर्वाह गर्नै मुस्किल भएपछि साटाखानी-४ स्थित चन्द्रपुरबाट बसाइँ सरेर उनको परिवार झुप्राखोला आएको हो। त्यस बेला खोला किनारमा दुई वादी परिवार, दुई राजी परिवार र दुई क्षेत्री परिवारले टहरा बनाएका थिए। अहिले यहाँ ७८ परिवारको बसोवास छ। कृष्णा, ५५, भन्छिन्, "खान-लगाउन पुगेन। गिटी-बालुवा चाल्ने भनेर खोलामै आइयो।"
पाँच वर्षअघि क्रिस्चियन संस्था गाउँ पुग्यो र चर्च खुल्यो। धर्म प्रचारकहरूले अनेक प्रलोभनमा धर्म परविर्तन गराएको स्थानीयहरू बताउँछन्। त्यस क्रममा चामल र दाल बाँडियो। बिरामीका लागि प्रार्थना र उपचार गरियो। अनेक राहतपछि पनि सबै खुलेर क्रिस्चियन नभएपछि वादी समुदायका बालिकाहरू पढाइदिने 'अफर'ल्याइयो, जुन सबैभन्दा प्रभावकारी प्रस्ताव बन्यो। "कसैले पढाइ पूरा गर्नै सक्दैन। त्यसैले पढाइदिन्छौँ भनेपछि खुसी भयौँ,"स्थानीय धर्म प्रचारक हरि वादी भन्छन्, "वादीका लागि सबैभन्दा ठूलो उपहार यही हो।"उनी गाउँको चर्चका अगुवा हुन्। उनकै पहलमा गाउँका झन्डै ९० प्रतिशत बासिन्दा क्रिस्चियन भएका छन्।
स्थानीय झुवा वादीकी सात वर्षीया नातिनीले काठमाडौँ पुगेपछि नयाँ नाम पाइन, ऐशु। हिन्दु धर्म त्याग्न नसकेका कतिपयले छोरीहरूलाई क्रिस्चियन बनाएर पनि पठाएका छन्। गीता वादी, ३२, त्यसकी उदाहरण हुन्। उनी अहिले पनि हिन्दु हुन् तर उनका दुई छोरीहरू क्रिस्चियन बनेर काठमाडौँ पुगेका छन्। १४ वर्षीया बबिता कक्षा ७ मा र १० वर्षीया सुशीला कक्षा ४ मा पढ्ने उनी बताउँछिन्। १२ वर्षीय रवीन्द्रले भने छोरा भएकै कारण त्यो अवसर पाएनन्। उनी गाउँकै विद्यालयमा छन्। "छोरीहरू पढाइदिएकाले सजिलो भएको छ,"गीता भन्छिन्, "हामी आफैँ पढाउन सक्दैनौँ। छोराहरू एक-दुई कक्षा पढेर छाड्छन् र गाडीमा हिँड्छन्। कम्तीमा छोरीहरूको भविष्य बन्ला भन्ने आशा छ।"
झुप्राखोलाबाट लगिएका किशोरीका लागि राजधानीमा सातवटा होस्टेल छन्। दुई वर्षअघि लगिएकी जेनिसा वादी, १५, भन्छिन्, "यहाँ कक्षा ७ मा पढ्थेँ। बोर्डिङमा कक्षा ५ मा भर्ना लिए। अहिले कक्षा ७ मा पढ्छु।"उनका अनुसार यहाँबाट लगिएका किशोरीका लागि मूलपानी, जोरपाटी र टुसालमा दुई/दुईवटा होस्टल छन्। धापासीमा अर्को होस्टल छ। होस्टेलमा उनीहरू बिहानै येशूको प्रार्थना गर्छन्। विद्यालय जान्छन् र पढ्छन्। "होस्टेल र स्कुलमा राम्रो व्यवस्था छ,"कक्षा ५ मा अध्ययनरत सुरक्षा वादी, १५, भन्छिन्।
भर्खरै क्रिस्चियन भएका गणेश र शान्ति वादीको घरको दैलोमा धर्मप्रचारका पोस्टरहरू छन्। धर्म प्रचारक हरि वादीले उनीहरूलाई सम्झाउँदै भनेका थिए, 'हिन्दु भएर के पायौ ? विश्वासी भएपछि धेरै पाइन्छ।'धर्म फेरेपछि हरिले भनेझै धेरै नपाए पनि वर्षको एकपटक ३० किलो चामल र पाँच किलो दाल पाउने गरेको उनी बताउँछन्। "बालुवा-ढुंगामा काम गर्छु। काम नगरे भोकै बस्नुपर्छ,"गणेश, १७, भन्छन्, "कम्तीमा यत्ति भए पनि सहयोग पाइयो। खुसी छु।"
बालबालिका बटुल्ने बालगृह
सुर्खेत छिन्चुमा रहेको ज्योतिको घर (लाइट होम) नामको बालगृहले मध्यपश्चिमका विभिन्न जिल्लाबाट क्रिस्चियन प्रभावमा परेका परिवारका बालबालिकालाई राजधानी लैजाने गरेको छ। यो बालगृह न दर्ता छ, न त कुनै कानुनी प्रक्रिया पूरा गरेर बालबालिका ल्याउँछ। अहिले पनि यहाँ ११ बालिकासहित २६ बालबालिका छन्। बालगृहका व्यवस्थापक सानुकान्छा स्याङचन मध्यपश्चिम क्षेत्रका बाँके, बर्दिया, सुर्खेत, दैलेख, जाजरकोट, रुकुमलगायत जिल्लाबाट ४ सय ५० बालबालिकालाई निःशुल्क अध्ययन गर्न काठमाडौँ पठाएको बताउँछन्। तीमध्ये सबैभन्दा धेरै सुर्खेतबाट २ सय ५० जना छन्।
बालगृहले पठाएका बालबालिका काठमाडौँ जोरपाटीस्थित क्रिस्चियन कम्युनिटी स्कुल (सीसीएस)मा भर्ना गरिएको उनको दाबी छ। "वादी धेरै हेपिएको जाति भएकाले उत्थानका लागि शिक्षामा सघाएको हो,"स्याङचन भन्छन्, "परिवारबाट स्वीकृति लिएका छौँ। अरू कानुनी प्रक्रिया हामीलाई थाहा छैन।"
जबकि, बालबालिका ऐन, २०४८ अनुसार कुनै पनि बालबालिकालाई अभिभावकको संरक्षणबाट अन्यत्र लैजान पाइँदैन। आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ ले अभिभावक भएका बालबालिकालाई आवासीय बालगृहमा राख्न बन्देज लगाएको छ। बाबुआमा दुवै नभएका, संरक्षण वा हेरचाह गर्ने कोही नभएका, अभिभावकबाट बिछोडिएका वा त्यागिएका, अभिभावक दीर्घरोगी भई उचित पालनपोषण नगरिएका बालबालिकालाई मात्र बालगृहमा राख्न पाइने व्यवस्था छ।
बालबालिकालाई आवासीय बालगृहमा राख्नका लागि सम्बन्धित नगरपालिका वा गाविसबाट अभिभावकको मृत्यु दर्ता वा मापदण्ड अनुसारको सिफारसि अनिवार्य हुनुपर्छ। त्यस्तै, जिल्ला बाल कल्याण समिति, प्रहरी, जिल्ला प्रशासनको सिफारसिबिना त्यसरी बालबालिकालाई अन्यत्र लैजान पाइँदैन। बालबालिकालाई त्यसरी आवासीय बालगृहमा लैजानु गैरकानुनी र मापदण्डविपरीत भएको बाँकेका बाल संरक्षण अधिकृत महेश नेपाली बताउँछन्। उनी आफैँ वादी समुदायका अगुवा हुन्।
त्यसमाथि कानुनी प्रक्रिया पुर्‍याएरै पनि एउटा समुदायका छोरीलाई मात्र शिक्षामा प्रोत्साहन दिँदा लंैगिक असन्तुलन हुने समाजशास्त्रीहरू बताउँछन्। सुर्खेतस्थित बालगृह र काठमाडौँको क्रिस्चियन कम्युनिटी स्कुलका सञ्चालक ज्योतिको घर नेपाल संस्थाका अध्यक्ष राजु सुन्दास भन्छन्, "लैंगिक असन्तुलन हुन्छ भन्ने अहिले महसुस भएको छ। त्यसैले छात्रका लागि पनि काठमाडाँै र छिन्चुमा विद्यालय सञ्चालन गर्दै छौँ।"गैरकानुनी ढंगले बालबालिका लैजानुलाई भने उनी 'कानुनी ज्ञान र प्रक्रिया'नजानेर भएको गल्ती बताउँछन्। अब लैजाँदा सबै प्रक्रिया पूरा गर्ने उल्लेख गर्दै भन्छन्, "छिट्टै प्रक्रिया पुर्‍याउँछौँ।"
बेखबर सरकारी निकाय
यति धेरै संख्यामा बालबालिका प्रस्ट उद्देश्यबिना गैरकानुनी रूपमा काठमाडौँ लगिएका बारे सरकारी निकाय बेखबरजस्तै छ। सम्बद्ध संस्थाले स्वीकृति लिनु त परको कुरा, कुनै औपचारकि जानकारीसम्म दिएको छैन। सुर्खेतस्थित महिला तथा बालबालिका कार्यालयकी बाल संरक्षण अधिकृत रमाकुमारी भण्डारी सम्बद्ध संस्थाले प्रस्ट विवरण उपलब्ध गराउन आलटाल गरेको बताउँछिन्। "कहिले, कति जना बालबालिका लगे भन्नेसमेत यकिन छैन। विवरण लिएर आउन पटक-पटक भनिसक्यौँ। अटेर गरेका छन्,"उनी भन्छिन्, "कुनै उजुरी पनि नआएकाले बुझ्न कठिन भएको छ।"
प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवर स्वीकृति नलिएर बालबालिकालाई जतिसुकै राम्रो उद्देश्यका लागि लगे पनि त्यो गैरकानुनी ठहर्ने बताउँछन्। उनले बालबालिकाको अवैध ओसारपसार रोक्न निर्देशन दिएको उल्लेख गर्दै गैरकानुनी ढंगले चलेका बालगृहलाई कानुनी दायरामा ल्याउने र दोषीमाथि कारबाही गरनिे प्रतिबद्धता जनाए। "बालबालिकाको यो ढंगको ओसारपसार गैरकानुनी हो। कसैले पनि त्यसरी लैजान पाउँदैन,"प्रमुख जिल्ला अधिकारी कुँवर भन्छन्, "अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउँछौँ।"
३७१ प्रतिशतले इसाई वृद्धि
बाँकेको बसुदेवपुर-१ स्थित फारमटोलमा ३२ घरपरिवारको बसोवास छ। पाँच वर्षयता यहाँका तीन परिवार क्रिस्चियन भएका छन्। २९ परिवार हिन्दुका लागि गाउँमा कुनै मन्दिर छैन तर कच्ची र अर्धपक्की घरमा बस्ने क्रिस्चियन 'विश्वासी'का लागि भने आकर्षक पक्की चर्च बनेको छ। क्रिस्चियन धर्म प्रचार र त्यसमा भएको लगानी आकलन गर्न यो नै पर्याप्त छ।
०६८ को राष्ट्रिय जनगणनाले बाँकेमा इसाई धर्मावलम्बीको संख्या ६ हजार ४ सय ६६ जना देखाएको छ। यो संख्या अघिल्लो जनगणना ०५८ भन्दा ३ सय ७१ प्रतिशतले बढी हो। ०५८ मा बाँकेमा इसाई धर्मावलम्बी १ हजार ३ सय ७२ जना थिए। जबकि, बाँँकेमा यही अवधिको जनसंख्या वृद्धि प्रतिशत २७ दशमलव ३७ मात्रै छ।
त्यस्तै, ०४८ सालको जनगणनाले बाँकेमा ३ सय ५५ जना मात्र इसाई धर्मावलम्बी रहेको देखाएको थियो। ०५८ मा आउँदा पनि इसाई धर्मावलम्बी १ हजार ३ सय ७२ पुगे। अर्थात्, २८६ दशमलव ४७ प्रतिशतले वृद्धि भयो। उक्त अवधिमा बाँकेको जनसंख्या वृद्धि प्रतिशत ३५ मात्रै थियो।
०४८ देखि ०६८ सम्मको राष्ट्रिय जनगणनाको नतिजा हेर्दा बाँकेमा मात्रै होइन, मध्यपश्चिम क्षेत्रभर नै इसाईको वृद्धि प्रतिशत झन्डै यही अनुपातमा भएको देखिन्छ। केन्द्रीय तथ्यांक विभागका अनुसार ०४८ मा मध्यपश्चिममा १ हजार ६ सय ३३ रहेका इसाई धर्मावलम्बी रहेकामा ०५८ मा ६ हजार ७ सय ६३ पुग्यो भने ०६८ मा आउँदा ४९ हजार ९ सय १३ पुगिसकेको छ।
© नेपाल साप्ताहिक
source : kantipur

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>