
शुक्रबार बिहान साढे सात बजे घर नजिकैको खरबारीमा घाँस काट्न गएका बेला उनीहरुलाई एक्कासी चितुवाले आक्रमण गरेको स्थानीय हुम बहादुर चिदिले जानकारी दिनुभयो ।
आक्रमणमा ५२ बर्षिया आङकुमारी सारु र उनका १८ बर्षका छोरा लेखबहादुर सारु घाइते भएका हुन् । उनीहरुको शरीरका बिभिन्न भागमा चितुवाले चिथोरेको र नङ गाडेको छ । युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भैरहेको उनीहरुको अबस्था सामान्य रहेको अस्पतालले बताएको छ ।
आक्रमण गर्ने चितुवालाई घाइते आमा छोराले हसियाले हानेर मारेको अस्थाई प्रहरी चौकी भसालडाडाका प्रमुख सई धनवीर थापाले जानकारी दिनुभयो । चितुवा चार हात लामो छ ।