२९ चैत, काठमाडौं । सरकारको खर्च गर्ने क्षमता घट्दै गइरहेका बेला वित्तीय अनुशासनहीनताले गर्दा नेपालीको टाउकोमा ऋणको भारी बढ्दो छ । आर्थिक वर्ष २०६२/६३ देखि २०६९/७० सम्मको आठ वर्षमा प्रत्येक नेपालीको ऋण दायित्व करिब दोब्बर भएको छ ।
महालेखा नियन्त्रणको कार्यालयका अनुसार आर्थिक वर्ष २०६२/६३ मा प्रत्येक नेपालीको टाउकोमा १२ हजार रुस्पैयाँ ऋण दायित्व थियो भने २०६९/७० मा आइपुग्दा २० हजार पुगेको छ । आर्थिक वर्ष २०६८/६९ मा १९ हजार पाँच सय ३३ रुपैयाँ ऋण थियो ।
पूर्वअर्थसचिव रामेश्वर खनालका अनुसार सरकारको खर्च गर्ने क्षमतामा ह्रास आएको छ । नेपालीको प्रतिव्यक्ति आय बढ्दै गइरहेका कारण सरकारले खर्च गर्ने क्षमता बढाएर ऋण लिएर ठूला आयोजना बनाउने हो भने अझै ऋण लिन सक्ने अवस्था छ ।
केन्द्रीय तथ्यांक विभागका अनुसार आर्थिक वर्ष २०६९/७० मा प्रत्येक नेपालीको आम्दानी ६२ हजार पाँचसय १० रुपैयाँ छ । जसअनुसार प्रतिव्यक्ति ऋण आम्दानीको एक तिहाइ हुन आउँछ ।

- अन्नपूर्ण पोस्ट