- हरि अधिकारी
रोजीरोटी र सुन्दर भविष्यको खोजीमा प्रवासिएका नेपालीको व्यथाकथाका पृष्ठभूमिमा साहित्यको रचना गर्न थालिएको धेरै भएको छैन । आधुनिक सञ्चार प्रणालीको सञ्जाल व्यापक भएपछि त्यसको लाभ उठाउँदै परदेशिएका नेपालीहरूले विदेशी भूमिमा आफूले गर्नु परेको संघर्ष, परचक्री संस्कृति र सभ्यताका बीच आफ्नो पहिचान स्थापित गर्नुपर्दाका अप्ठ्याराहरू र फरक सामाजिक-आर्थिक परिवेशमा व्यक्ति-व्यक्ति र व्यक्ति र परिवारका बीचको सम्वन्धमा पैदा हुने जटिलता आदिलाई केन्द्रमा राखेर साहित्य रचना गर्ने प्रयत्न गर्दै आएका छन् ।
प्रवासी नेपाली समाजबाट हालै उभारमा आएका उल्लेख्य साहित्यकारहरूमा अमेरिकातिरका होमनाथ सुवेदी, होमराज आचार्य, शिवप्रकाश, भारती गौतम, शिव गौतम, नगेन्द्र न्यौपाने आदि छन् भने युरोपतिर कृष्ण र सञ्जु बजगाईं, जया राई, रक्ष राई, विश्वदीप तिगेला आदि देखिएका छन् ।
यी सबैजसो लेखकले अमेरिका र युरोपतिर बसोबास गर्न पुगेका नेपालीको कथा भन्न खोज्दा नेपाली समुदायको दैनन्दिनीमा आधारित जीवनचर्याको यथार्थपरक चित्रण गर्नमा भन्दा बहुधा सतही ढंगले तीव्र गतिमा सञ्चालित हुने अमेरिकी जीवनशैलीसँग तादात्म्य स्थापित गर्न परेको अप्ठ्यारोजस्तो समस्याको एउटा पाटोमा मात्र केन्द्रित हुने गरेको देखिन्छ ।
तर युवा सर्जक नीलम कार्की निहारिकाको हालै प्रकाशित उपन्यास 'अर्की आइमाई'भने भीडमा अलग्गै उभिन सफल कृति बन्न पुगेको छ । यसले नेपाली साहित्यमा सम्भवत: पहिलो पटक अमेरिकी नेपालीहरूको जीवनशैलीको यथार्थपरक चित्रण गरेको छ ।
उपन्यासकार नीलमले अमेरिकी नेपालीहरूको पारिवारिक र सामाजिक जीवन, तिनीहरूका बीचको आपसी सम्बन्ध र ती व्यक्तिहरू र समग्र समुदायको समस्याहरूका बारेमा आफैंले केही भन्ने चेष्टा गरेकी छैनन् तर कथा प्रवाह र पात्र पात्राको गतिविधि एवम् चिन्तन प्रक्रियाका माध्यमबाट सुन्दर र सुखद भविष्यको खोजीमा पातालतिर भासिएका नेपालीहरूका व्यथा र कथालाई बडो मार्मिक ढंगले उदांगो पारेकी छन् ।
'अर्की आइमाई'मा भएका पात्रहरू ती खलताको पक्षतिर ढल्किएका मट्मैला हुन् वा परिस्थितिको चेपुवामा परेर पीडित बन्न पुगेका नै किन नहुन्, कुनै पनि अस्वाभाविक लाग्दैनन् । उपन्यासको प्रमुख पुरुष पात्र अर्की आइमाई बन्न पुगेकी नायिकाको लोग्ने सुवर्णको चरित्रसमेत अत्यन्तै स्वाभाविक ढंमा विकसित भएको छ।
उसले नायिकामाथि पक्कै पनि अन्याय गरेकै हो तर पनि उसको चरित्र चित्रणमा स्वाभाविकता आउन सकेको छ र कहीँ पनि अति नाटकीयता देखिएको छैन। एउटा चतुर, स्वार्थी र व्यवहारवादी व्यक्तिमा हुने अवगुण र खलता सुवर्णमा पनि छन् तर तिनको मात्रा सन्तुलित ढंगमा प्रस्तुत गरिएकाले उसले पाठकको सहानुभूति पूरै रूपमा कहिल्यै पनि गुमाउँदैन।
केही आर्थिक प्रलोभन र धेरै हदसम्म छोरीको भविष्य राम्रो हुन्छ भन्ने आशाले नायिका तारालाई एउटा अपरिचित अमेरिकावासी नेपालीको हातमा सुम्पिदिने नायिकाका मामा र आमाबाबुप्रति पनि पाठक धेरै क्रुद्ध हुँदैन।
यसको मुख्य कारण हो- त्यो सम्पूर्ण प्रकरणको चित्रणमा आख्यानकार नीलम कार्कीले देखाएको लेखकीय संयम। उपन्यासमा पृष्ठभूमिका रूपमा खडा गरिएका परिवेशहरू, अमेरिकी हुन् वा नेपाली, दुवै सजीव र विश्वसनीय लाग्दछन्।
आजको नेपालको निम्न, निम्नमध्यम र मध्यमवर्गीय समाजमा व्याप्त आर्थिक समस्या, भविष्यप्रतिको अन्योल र यी सबबाट मुक्ति पाउन विदेशतिर जसरी भए पनि पलायन गर्ने आकांक्षाको वस्तुपरक चित्रण छ 'अर्की आइमाई'उपन्यासमा।
आर्थिक समस्याले ग्रस्त निम्नवर्गीय परिवारकी किशोरी छोरीले कसरी बाबुआमाको बोझ हल्का गर्न नै किन नहोस् आफ्ना सम्पूर्ण चाहना दबाएर बाबुआमाले देखाइदिएको आफूभन्दा दोब्बर उमेरको व्यक्तिसँग जीवन बिताउन मञ्जुर भएको कारुणिक कथा हो यो उपन्यासको केन्द्रीय कथातत्त्व। तर, उपन्यासको कथानक अगाडि बढ्दै जाँदा कहीँ पनि उपन्यासकारले अति भावुकता र अति नाटकीयताको सहारा लिएको नपाइनु यसको महत्त्वपूर्ण पक्ष हो।
नीलम कार्की निहारिकाले यस उपन्यासमा विशाल र वैभवशाली अमेरिकी जनजीवनको एउटा सानो अंशको चित्रण गर्ने प्रयत्न गरेकी छन्। त्यो अंश हो, नेपाललगायत तेस्रो विश्वबाट अमेरिका पुगेका समुदायहरूको जीवनचर्याको। त्यस्ता समुदायमध्ये पनि उनले राम्ररी चित्रण गर्न सकेको समुदाय भनेको अमेरिकी नेपालीहरूको समुदायको नै हो।
एकदमै पृथक् संस्कृति र जीवनशैलीमा अभ्यस्त हुन पुगेका नेपालीको रहनसहन र चिन्तन प्रक्रियामा एक प्रकारको जुन भद्दा र किञ्चित अश्लील लाग्ने लक्षण देखिन थाल्छ, समयक्रममा त्यसको बडो प्रामाणिक लाग्ने चित्रण गरेकी छन् नीलमले 'अर्की आइमाई'मा।
आमअमेरिकी समाजको सार्वभौम लतजस्तो बनेका धूमपान र मदिरा सेवनलाई कसरी स्वदेशमा हुँदा धार्मिक रूपले नै यी तत्त्व सेवनलाई बर्जित मान्दै आएका नेपालीहरूले दैनिक उपभोगको अनिवार्य वस्तु बनाएका छन् भन्ने कुरा पनि उपन्यासमा चित्रित छ। र, त्यो बडो विश्वसनीय ढंगमा उभारमा आएको छ।
'अर्की आइमाई'की सर्जक नीलम कार्की निहारिका कुशल शब्दशिल्पी र चामत्कारिक कथावाचक भने होइनन्। सानासाना वाक्यमा बुनिएको यो उपन्यासले नेपाली भाषाको सौन्दर्यलाई प्रभावकारी रूपले पाठकका अगाडि राखिदिन सकेको छ भन्न पनि सकिँदैन।
उनको उपन्यासको सबभन्दा उल्लेख्य पक्ष भनेका यसका फरक कथावस्तु, कथाको स्वाभाविक प्रवाह र यथार्थपरक चरित्र चित्रण हुन्। उपन्यासको अन्त्यसम्म पुग्दा नीलमले नायिका तारालाई जीवनका कटु अनुभवले खारिएकी र आफ्नो बाँकी जिन्दगी आफ्नै ढंगले बिताउने निर्णय गर्न सक्षम आत्मविश्वासपूर्ण नारीका रूपमा उभ्याएकी छन्।
र, उनको यो प्रयत्न पाठकलाई सुखद पनि लाग्दछ। बाध्यताले अर्की आइमाई अथवा एउटा पुरुषकी कृतदासी स्त्री बन्न पुगेकी युवती ताराले प्रेमका आधारमा होइन एकतर्फी स्वार्थका आधारमा बाँधिएको दाम्पत्य जीवनबाट मुक्त हुने निर्णय गर्न धेरै समय लगाए पनि अन्त्यमा उनले गरेको त्यो निर्णय व्यक्तिको स्वनिर्णयको सार्वभौम अधिकारको उद्घोषका दृष्टिले अत्यन्त महत्त्वपूर्ण छ।
'अर्की आइमाई'की ताराले पति सुवर्णबाट मात्र होइन, ऊ र उसको शरीरसँग जोडिन चाहने अरू दुई पुरुषबाट पनि अलग रहने जुन निर्णय गर्छे त्यो निर्णय बीपी कोइरालाको उपन्यास 'तीन घुम्ती'की नायिका इन्द्रमायाले गरेको पति पीताम्बर र प्रेमी रमेश दुवैलाई त्याग्ने निर्णयसँग केही हदसम्म मिल्दछ।

- अन्नपूर्ण पोष्ट