१ बैशाख, काठमाडौँ । महाकुम्भ मेलामा सहभागी हुन सिमरा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सहयात्री प्रभुशमशेर जबरासँग मात्रै नयाँ वर्ष मनाउने भएका छन् । सोमवार धरानको चतरास्थित महाकुम्भ मेलामा सहभागी हुन विहान १० बजे सिमराबाट हिँड्ने कार्यक्रम छ ।
नाति नातिनालाई बढी माया गर्ने र प्रत्येक बर्ष उनीहरुसँगै नयाँ वर्ष मनाउँदै आएका पूर्वराजाले यो नयाँ वर्ष प्रभु शम्शेरको निवासमा एक्लै नयाँ वर्ष मनाउन लागेका छन् ।
सोमवार चतरा जान लागेका पूर्वराजालाई लहानमा खानाको व्यवस्था गरिएको छ । धरान जाने टोलीलाई डिनरको व्यवस्था गर्न निजी सचिव सागर तिमल्सिना आइतवार लहान पुगिसकेका छन् । लहानको करिव २ घण्टाको बसाईपछि पूर्व राजाको टोली धरान जानेछ । एकरात धरान बसाईपछि मंगलवार महाकुम्भ मेलामा पूजा अर्चना र स्नान गर्ने र सोही दिन सिमरा र्फकने कार्यक्रम तय भएको स्रोतले जनाएको छ ।
पूर्वी र मध्यतराईको भ्रमणमा निस्किएका पूर्वराजा शाह बैशाख १४ गतेसम्म सिमरा बस्ने, १५ गते काठमाडौँ फर्किएर पुन १७ गते सिमरा फर्की तराई भ्रमणको कार्यक्रम तय गर्नेछन् ।
सवै भ्रमणको बन्दोबस्त मिलाउने काम निजी सचिव तिमल्सिना र संवाद सचिव डा. फणिराज पाठकले गरेका हुन् ।
सिमरा बसाइका क्रममा दुई सचिवले पूर्वराजाको भ्रमण स्थलको रेकी गर्ने, स्थानीय राजावादीसँग भेटघाट गर्ने र कार्यतालिका तयार गर्ने काम गर्ने भएका छन् ।

- नेपाल समाचारपत्र