रेखा थापाको होम प्रोडक्शनमा बन्ने सिनेमामा बिशेषगरी नायकहरु सधै छायामा पर्छन् । चलचित्रको हिरो, निर्माता सबै रेखा थापा नै हुन् भन्ने वुझ्न खासै गाह्रो पर्दैन ।
नयाँ बर्षको अवसर पारेर सार्वजनिक गरिएको रेखा फिल्मस्को नयाँ चलचित्र ‘हिम्मतवाली’को फष्ट लुकमा पनि हिरोहरु हराएका छन् । चलचित्रमा २ नयाँ नायक छन् । जसले सिनेमा भित्र जमेर काम गरेका छन् ।
चलचित्रको निर्देशक पनि स्वयंम रेखा थापा नै हुन् । निर्देशक श्याम भट्टराई सिनेमाबाट टाढा भएपछि रेखाले निर्देशनको जिम्मा लिएकी हुन् । यसैले ‘हिम्मतवाली’को पोष्टर रेखामय छ ।