काठमाडौं – चलनचल्तीका तर छाडा मानिने शव्द तथा वाक्यांशको भरपुर मिश्रण रहेको चलचित्र ‘लूट’ले नेपाली चलचित्र बजार तताएपछि यौनलाई मुख्य विषय बनाएर चलचित्र निर्माण गर्ने क्रम बढेको छ ।
चैत पहिलो साता खुबै ‘यौन मनोविज्ञान भएको’ हल्लाखल्ला सहित रिलिज गरिएको चलचित्र ‘चपली हाइट’ लाई कतिपय दर्शकले ‘चलचित्र विकाउन बढ्तै विज्ञापन गरिएको’ आरोप समेत लगाएका थिए ।
चलचित्र ‘द लास्ट किस’को पनि सोसियल मिडियामा निकै प्रचार गरएको छ । युट्युबमा अपलोड गरिएको १ मिनेट १३ सेकेण्ड लामो प्रोमोमा आवाजलाई डिस्टोर्ट गरिएको छ केही ‘उत्तेजक’ दृश्यहरुलाई जोडेर प्रस्तुत गरिएको छ । प्रोमोमा चलनचल्तीमा रहेका तर अश्लिल मानिने शव्दको खुब प्रयोग छ । अपाच्य लाग्ने द्वन्द्वका दृश्यको पनि उत्तिकै प्रयोग देखिन्छ ।

नायिका शोभिता सिम्खडा र पुष्करजंग थापाको मुख्य भुमिका रहेको ‘द लास्ट किस’मा सुरेश चौधरी, इस्मिता थापा, सृजना राई, अनुशा राई, किरण बराल, बिक्रम परियार, लक्ष्मण परयार, प्रज्वल घिमिरे, सुमन राई, उद्दव थापा र बोबी रोजा लगायतका कलाकारको अभिनय छ ।
सन्तोष तथा नगेन्द्र राजवंशीको संगीत रहेको यो चलचित्रको युवराज खत्रीले निर्माण गरेका हुन् । चलचित्रका निर्देशक बीबी फुयाँल हुन् ।
नयाँ धारका चलचित्र भन्दै रोमान्स, सेक्स, थ्रिलर र एक्सनलाई विषयबस्तु बनाएका नयाँ चलचित्रमा कला पक्ष कमजोर भएको र बढी नै बजारमुखी भएको आरोप लागिरहेका बेला बनिरहेका नयाँ चलचित्रमा यो झन् बढ्दै गइरहेको छ । पछिल्लो समय रिलिज भएका चलचित्रलाई कतिपय दर्शकले बि ग्रेड सिनेमा समेत भन्न थालेका छन् ।
चलचित्र निर्माण कम्पनीले युट्युवमा राखेको प्रोमो हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।