काठमाडौं, वैशाख १ । एक महिना भन्दा लामो समयदेखि हराइरहेको मलेसिया एअरलाइन्सको एमएच ३७० विमानको खोजीमा पहिलो पटक रोबोटको प्रयोग गरिएको छ । ‘ब्लुफिन–२१’ नामको रोबोट विमानको भग्नावशेषको खोजीका लागि जति सक्दो चाँडो समुन्द्री पिंधमा पठाइने बताइएको छ ।विमानको ब्ल्याक बक्सबाट आएका संकेतहरु सुन्न यो उपयोगी हुने खोजी अभियानका प्रमु्ख अंगुस हस्टनले जनाएका छन् । गत मार्च ८ देखि हराएको विमानको कुनै पनि नयाँ संकेत पत्ता लाग्न सकेको छैन । विमानको फ्लाइट रेकर्डरको व्याट्री नष्ट भएकोतर्फ खोजी टोलीले चासो दिइरहेको छ ।
विश्वका विभिन्न मुलुकका विमान र पानी जहाजबाट गरिएको खोजी अहिले अष्ट्रेलियाको पर्थ सहरदेखि पश्चिमी जल क्षेत्रमा केन्द्रित छ । क्वालालाम्पुरबाट बेइजिङका लागि उडेको सो विमानमा २ सय ३९ जना सवार थिए । (एजेन्सी) स्रोत : इमेज खबर
