काठमाडौं, वैशाख ३ । द्वन्द्धकालमा मुद्दा ब्यूँताएर आफूहरुविरुद्ध षड्यन्त्र गर्न थालिएको भन्दै एकीकृत माओवादीका सभासदहरुले अवरोध गरेपछि व्यवस्थापिका संसदको बैठक स्थगित भएको छ । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा आज बिहान बसेको बैठकको सुरुमै एमाओवादी नेता, डाक्टर बाबुराम भट्टराईले द्धन्द्धकालीन मुद्दा ब्युँताएर आफूहरुमाथि ठूलो षडयन्त्र भएको आरोप लगाउँदै बैठक बहिष्कारको घोषण गरेका थिए ।उनले प्रमुख दलहरुको बैठकमा कांग्रेस–एमालेकै नेताहरुले समेत तत्काल फुजेल घट्ना नउठाउन सुझाव दिएको भन्दै प्रधानमन्त्री सुशील कोइराला अरु कसैको इशारामा चलेको आरोप समेत लगाए । भट्टराईले बोले लगत्तै एमाओवादीका सभासदले संसदमा अवरोध गरेपछि सभामुखले एक घण्टाका लागि बैठक स्थगित गरेका थिए । एक घण्टाका लागि स्थगित गरिएको बैठक झण्डै ३ घण्टापछि बसे पनि एमाओवादी सभासदहरुले अवरोध गरेपछि बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १३ जना माओवादी कार्यकर्ताविरुद्ध अदालतमा मुद्दा चलाएपछि एकीकृत माओवादी विरोधमा उत्रिएको छ ।
↧
बाबुरामले संसदमा भने–‘प्रधानमन्त्री स्वतन्त्र हुनुहुन्छ कि कसैबाट परिचालित ?’ (भिडियोसहित)
↧