![]()
चलचित्र ‘मिस नेपाल’का लागि आफ्नो बक्षस्थल माछाले छोपेर फोटोसुट गराएपछि निर्मात्री तथा अभिनेत्री शुभेच्छा थापा खुबै चर्चामा आइन् । मिडियामा उनले खिचाएको तस्बिरका बिषयमा आलोचना ज्यादा भयो ।
आज काठमाण्डौमा आयोजना भएको एक पत्रकार सम्मेलनमा शुभेच्छाले हिडन ट्रेजरलाई तर्साउन यस्तो फोटोसुट गराएको स्पष्टिकरण दिएकी छिन् । ‘उहाँहरुले भित्री रुपमा मलाई तनाव दिइरहनु भएको थियो, विकिनीमा फोटोसुट गराउँदा उहाँहरु खुलेरै आउने कुरै थिएन, यसैले तर्साउन माछाले बक्षस्थल छोपे ।’ शुभेच्छाले ‘मिस नेपाल’का आयोजकहरुले १६ बर्षका यूवतीहरुलाई एक बर्षसम्म बन्धक बनाउने गरेको समेत आरोप लगाइन् । ‘१६ बर्षका यूवतीहरुलाई विकिनीमा तस्बिर खिचाउनु कहाँ सम्मको काम हो, तर पनि किन सहभागीहरु बोल्दैनन्’, शुभेच्छाले भनिन् ।
सुरेन्द्र तुलाधरको निर्देशनमा तयार भएको यो सिनेमामा सविन श्रेष्ठ, क्षितिजा शाक्य, शुभेच्छा थापा लगायतका कलाकारको अभिनय छ । चलचित्र जेठ ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।