Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

यस्ता छन् केटीहरुले केटाबाट गोप्य राख्ने पाँच कुराहरु

$
0
0
महिलाहरुलाई बुझ्नै नसकिने अपारका प्राणीका रुपमा कतिपयले चित्रित गर्ने गरेका छन् । हुन पनि महिलाहरुका कतिपय आनीबानीहरु बुझ्नै नसकिने किसिमका हुन्छन् । त्यसैले महिलाका अनौठा आनीबानीहरुकाबारेमा विभिन्न अध्ययन र अनुसन्धानहरु समेत बेलाबेलामा हुने गरेका छन् । यसै सिलासिलामा महिलाहरुले राख्ने गोपनियताकोबारेमा हालै एक अनुसन्धान भएको छ । 

एक सर्बेले हालै महिलाले गोप्य राख्ने र खुलासा गर्न हिच्किचाउने विषयमाथि गहिरो अनुसन्धान गरेको छ । एकल र सामुहिक रुपमा गरिएको उक्त सर्बेले पत्ता लगाएका महिलाले कहिल्यै सार्वजनिक नगर्ने ५ विषयलाई उसले हालै सार्वजनिक गरेको छ । यसरी महिलाले कहिल्यै सार्वजनिक नगर्ने त्यस्ता पाँच गोपिनयताको यहाँ चर्चा गरिएको छः

१. रोमान्सका कुराः महिलाले कहिल्यै पनि आफुले विगतमा गरेका कुरा आफ्ना केटा साथीलाई सुनाउँदैनन् । केटीहरुले यसरी विगतमा गरिएका आफ्ना रोमान्सका मात्र होइन,सामान्य खालका फनि अनुभवहरु पनि साट्न चाहँदैनन् । किन त ? एक अध्ययनका अनुसार महिलाहरु आफ्ना बास्तविक छवि खुल्ने भय(डर)का कारण यस्ता कुरा आफ्ना केटा साथीसँग गरेर आफ्नो कमजोरीका बारेमा अवगत गराउन चाहँदैनन् ।
प्रायः केटीहरुले आफ्ना विगतका रोमान्सका रमाइला घटना भन्दा आफ्ना कमजोरी पाटो खुल्न सक्ने र केटा साथीले आफ्नो कमजोरी पत्ता लगाएर नराम्रो ठान्न सक्ने चिन्ताले उनीहरुलाई प्रायः सताउने गरेको छ । त्यसैले उनीहरु आफ्नो चरित्रमाथि उव्जन सक्ने प्रश्नको ख्याल राख्दै यस्ता विषयमा प्राय नखुल्ने गरेको अनुसन्धानपछि दावी गरिएको छ ।

२. केटी साथीबीच हुने कुराकानीका प्रसंगः तपाईले कहिल्यै केटीहरुबीचमा कस्ता कुरा हुन्छन् भनेर आफ्नी प्रेमीकासँग सोध्नु भएको छ ? यदि छैन भने अब भेलेर पनि यस्ता विषयमा आफ्ना केटी साथीसँग जिज्ञासा राख्ने कमष्ट नगर्नु होला किनकी यस्ता जिज्ञासामा तपाइले सही जवाफ पाउन सक्ने सम्भावना अति नै क्षिण हुन्छ । एक सर्बेका अनुसार केटीहरुले कहिल्यै पनि केटीसाथीवीचमा भएको कुराकानीबारे सही बताउँदैनन् ।
एक अनुसन्धानका अनुसार केटीहरुले कहिल्यै गोपनियता भंग नगर्ने मध्येको अर्को महत्वपुर्ण कुरा भनेको केटा साथीको उपस्थितीबिनै केटीहरुबीचमा हुने अन्तरंग कुराकानी पनि एक हो । उनीहरुले यस्ता कुराकानीमा भएका प्रसंग उप्काउँदा समग्र महिलाका कमजोरी कै बारेमा पुरुष साथीले थाहा पाउन सक्ने डरका कारण नभन्ने गरेको उल्लेख छ ।

३. पूर्व प्रेमी बारे : भनिन्छ,लज्जा महिलाको गहना हो । हुन पनि महिलालाई लज्जाको प्राकृतिक स्वभावगत गहना अति नै सुहाएका हुन्छ । प्राकृतिक आनीवानीको कारण पनि हुन सक्छ पुरुषका लागि महिला स्वभावतः बढि नै चामत्कारिक र रहस्यमयपुर्ण लाग्छन्,तिनले देखाउने आनीबानीका कारण ।यही स्वभावगत विशेषताका कारण गोपनियता भंग नगर्ने केटीहरुले आफ्ना पुर्वप्रेमीका बारेमा बताउने कुरा त अझै कल्पना सम्म पनि नगरे हुन्छ । उनीहरुले कहिल्यै पनि आफ्नो केटा साथीलाई पुर्वप्रेमीसँगको प्रेम,रोमान्स र सेक्सलगायतका कुुराहरु कहिल्यै पनि बताउँदैनन् ।

४. श्रृङगार सामग्रीः महिलाले रहस्यको गर्भमै लुकाएर राख्ने अर्को महत्वपुर्ण कुरा हो,उनीहरुले श्रृङगारका लागि प्रयोग गर्ने श्रृङगार सामग्री । यदि तपाईले आफ्नी केटी साथी कसरी यति धेरै सुन्दर भइन भनेर जान्न चाहनु भयो भने तपाईको यो प्रयास निरर्थक हुनेछ,किनकी तपाईलाई हरेक कुरा दिन तयार रहने उनले यो विषयमा स्पष्ट पार्न त परै जाओस्,बोल्न समेत हिँच्किचाउने छिन् ।
अध्ययनका अनुसार महिलाले आफ्ना श्रृङगार सामग्रीका बारेमा केही पनि नवताउनुमा आँफैप्रतिको विश्वासको संकटका साथै स्वभावगत लज्जाले पनि काम गरेको हुन्छ ।
 
५. आफन्तबारेः केटीले मौनता साध्ने अर्को विषय हो,आफन्त । उनीहरुले दिदी,आमा,बुवाले आफ्नो काममा पुर्याउँने सामान्य अवरोभबाहेक उनीहरु र अन्य आफन्तको चारित्रिक विषयमा आफ्ना केटा साथीलाई केही बताउन चाहँदैनन् ।
 
यी बाहेक केटीहरुले यौनवारे पनि आफ्ना केटासाथीसँग कमै खुलेर कुरा गर्छन् । पुर्विय सभ्यतामा त प्राय केटीहरु यस्ता कुरामा छलफल गर्न हिच्किचाउने भइहाले । तर विकशित भनिएको पश्चिमा संस्कृतिमा हुर्किएका केटीहरु पनि खुलेआम रुपमा यस्ता विषयका बोल्न र आफ्ना कुरा राख्न जलाउँछन् ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>