Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

मनिषा बेचिएको आशंकामा प्रहरीमा उजुरी

$
0
0


'ललाइफकाई गरेर भातरतिर लगेको हुनसक्ने परिवारको आशंका '



पर्वत, वैशाख ४–भर्खर एसएलसी दिएर प्राविधिक सीप कम्प्युटर सिक्दै गरेकी मनिषा लामिछाने बेचिएको आशंकमा इलाका प्रहरी कार्यालय नारायणस्थान बागलुङमा परिवारले खोजतलासका लागि उजुरी दिएको छ । बागलुङ जिल्ला बलेवा पैयुंपाटा गाविस वडा नं. ८ खर्सेडाँडा निवासी भर्खर १६ वर्ष लाग्दै गरेकी मनिषा मंगलबार दिउँसो १२:०० बजेदेखि घरबाट हराएकी छन् ।  दिउँसो कम्प्युटर कक्षा लिन जानुछ भनी घरबाट निस्किएकी उनले थप अरु एकजोडा कुर्ता सलवार समेत सानो बनाउन भन्दै घरबाट लिएर हिँडेको उनकी आमा सरस्वती लामिछानेले बताइन् । ‘सानै उमेरकी छे, बुद्धि छिप्पिएको छैन, इष्टमित्र, नातागोता र आफन्त सबैलाई खवर गरियो, कतै छ भन्ने पत्तो पाइएन, कसैको ललाइफकाईमा मेरो छोरी बेचिईसकी’ मनिषाका बाबु नारायणप्रसाद जैसी लामिछानेले भने–‘सबैतिरबाट खोजी भइरहेको छ, तर उसको पत्तो खवर पाइएन ।’ उनलाई कसैले ललाइफकाई गरेर भातरतिर लगेको आशंका पीडितका परिवारले गरेका छन् । परिवारले सबै नाकामा चेकजाँच गर्न प्रहरी र माइती नेपालमा खवर समेत गरेका छन् । मनिषा मंगलबार कम्प्युटर कक्षा लिन भने घरबाट हिँडेपनि कम्प्युटर कक्षामा भने पुगेकी थिइनन् । प्रहरीले समेत उनको खोजी गरिरहेको छ भने माइती नेपाल नारायणगढमा सम्पर्क गरी खोजी कार्यमा जुटिरहेको मनिषाका दाजु नाता पर्ने कृष्णप्रसाद लामिछानेले बताए । यस विषयमा इलाका प्रहरी कार्यालय बलेवामा सम्पर्क गर्दा इलाका प्रहरी कार्यालय बलेवाका प्रहरी नायव निरीक्षक लोकबहादुर थापाले पीडित परिवारको निवेदन अनुसार खोजी कार्य भइरहेको जानकारी दिए । उनले भने –हामीले जिल्ला जिल्लामा र नाका–नाकामा खवर गरिसक्यौं, सम्बन्धित निकायमा पत्राचार तथा फोन भइसकेको छ । परिवारले दिएको जानकारी अनुसार नै खोजीकार्य भइरहेको तर हालसम्म थप खवर प्राप्त भएको छैन ।’ यस अघि पनि यस क्षेत्रबाट छोरी चेलीहरु हराउने गरेकाले थप शंका उब्जाएको खोजी कार्यमा रहेका स्थानीयबासीले बताउँछन् । -source : ratopati

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>