Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

नेपालीभाषी गीताञ्जली भारतमा उत्कृष्ट अभिनेतृ

$
0
0
नेपालीभाषी अभिनेतृ गीताञ्जली थापाले भारतको प्रतिष्ठित ‘नेसनल फिल्म अवार्ड’ प्राप्त गरेकी छिन् ।

भारतको नयाँ दिल्लीमा बुधबार भएको नेसनल फिल्म अवार्डको ६१ औं संस्करणमा उनले उत्कृष्ट अभिनेतृको अवार्ड प्राप्त गरेकी हुन् । फिल्म ‘लायर्स डायस’मा थापाले गरेको उत्कृष्ट अभियनले उनलाई यो अवार्ड प्राप्त भएको हो ।

मोडलका रुपमा भारतीय मनोरञ्जन उद्योगमा छिरेकी गीताञ्जलीको पहिलो डेब्यु फिल्म ‘मिथ’ हो । उनी सिक्किममा स्कूल पढ्दै गर्दा फिल्मी लाइनमा छिरेकी थिइन् । कोलकातामा कलेज पढ्दा पनि गीताञ्जलीले सन् २००७ मा भएको ‘मिस नर्थ इस्ट’ को टाइटल जितिसकेकी थिइन् ।

उनी अहिले इमरान हासमी अपोजिट रहेको फिल्म ‘हवाइट लाइज’ को काममा व्यस्त छिन् । को निर्देशन ओस्कार अवार्ड विजेता निर्देशक डानिस तानोभिचले गरिरहेका छन् ।

नेसनल अवार्डको ६१ औं संस्करणमा हिन्दीतर्फ ‘जोली एलएलबी’उत्कृष्ट फिचर फिल्म सावित भयो । सौरभ शुक्ला त्यही फिल्ममार्फत सहअभिनेताको अवार्ड पाउन सफल बनेका छन् ।

‘भाग मिल्खा भाग’ लोकप्रिया विधामा उत्कृष्ट भयो भने सोही फिल्मले कोरियोग्राफीको अवार्ड पनि प्राप्त गर्न सफल बन्यो । उत्कृष्ट अभिनेता भने ‘शहीद’का सुरज र भाग मिल्खा भागका राजकुमार रावले संयुक्त रुपमा प्राप्त गरेका छन् ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>