Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

हिम पहिरोमा परि अहिले सम्म ७ जनाको मृत्यु ३ जना घाइते Avalanche on Mount Everest

$
0
0
अपडेट २ - हिम पहिरोमा परेर मर्नेहरुको सङ्ख्या १२ जना, लाश आधार शिविरमा ल्याईसकेको जानकारी -------------- अपडेट 1 मृत्युहुनेहरुको लाश सगरमाथा आधर शिविरमा हेलिकप्टरबाट ल्याएको , ७ जना मध्ये थामेको आङ छिरिङ शेर्पा, दोर्जी शेर्पा, तेन्जिङ छेत्तर र निङ्मा नुरु शेर्पा र अन्य ३ जनाको सनाखत भएको छैन । घाईतेहरुमा केरुङका आङ कामी शेर्पा, खरिखोला, चतुक का दावा फुरी शेर्पा र टाक्सिन्दुका काजी शेर्पा , दावा फुरी शर्पा र काजी शेर्पा सामान्य घाइते , आङ छिरिङ शेर्पा भने गम्भिर, उपचारका लागि काठमाडौ हेलीबाट ल्याएको थप विवरण आउन बाँकी ..
वैशाख ५, नाम्चे । आज विहान ६ः३०मा सगरमाथा आधारशिविरबाट क्याम्प वानमा जाने क्रममा हिम पहिरोमा परि ६ जनाको मृत्यु भएको छ । अलपाइन एसियन्ट, हिमालयन गइड र अन्य कम्पनीबाट गएका समुहमा जम्मा १५ जना नेपालीहरु हिम पहिरोमा परेका हुन जस मध्य ६ जानको मृत्यु भएका मध्ये ४ जनाको शव निकालीसेकेको छ भने थप रेस्कीयुका लागि एस पि सि सिका आइस फल डक्टरहरुको टोलीहरु जान तयारी गर्दैछन् ।
हिम पहिरोमा अहिले सम्म विदेशीहरु भने नपरेको एस.पि.सि.सि.का महासचिव लामा काजी शेर्पाले जानकारी दिनु भयो । यो पटक सगरमाथा आरोहणका लागि लगभग ३८ देखि ४०वटा कम्पनीहरुले दर्ता गरेको र ति मध्येका कर्मचारीहरु परेको र त्यस मध्ये को को परेको र कुन कुन कम्पनीका शेर्पाहरु परेको यकिन तथ्यङ्क आउन बाँकी रहेको सगरमाथा प्रदुषण नियन्त्रण समितिका कार्यक्रम संयोजक कपिन्द« राईले जानकारी दिनु भयो ।
अपडेट 1 Avalanche on Mount Everest 2014
हिम पहिरोमा परि अहिले सम्म ७ जनाको मृत्यु ३ जना घाइते मृत्युहुनेहरुको लाश सगरमाथा आधर शिविरमा हेलिकप्टरबाट ल्याएको ७ जना मध्ये थामेको आङ छिरिङ शेर्पा, दोर्जी शेर्पा, तेन्जिङ छेत्तर र निङ्मा नुरु शेर्पा र अन्य ३ जनाको सनाखत भएको छैन ।
घाईतेहरुमा
केरुङका आङ कामी शेर्पा, खरिखोला, चतुक का दावा फुरी शेर्पा र टाक्सिन्दुका काजी शेर्पा दावा फुरी शर्पा र काजी शेर्पा सामान्य घाइते आङ छिरिङ शेर्पा भने गम्भिर, उपचारका लागि काठमाडौ हेलीबाट ल्याएको
source : soluonline

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>