हाम्रो पाला आधी घण्टाको बाटोमा पर्ने पँधेरा बाट ५ पाथी जाने तामाको गर्हौँ गाग्रीमा बिहान दुई खेप, साँझ २ खेप पानी बोक्दा, खर्यान् बाट घाँस दाउराको गर्हौ भारी बोकेर उकालो चढ्दा, अनी दुई घण्टाको बाटो हिँडेर हाइ स्कूल पढ्दाका दिनहरु सम्झिँदा म बबुरो आफैलाई अचम्म लागेर आउंछ । आज मेरा तिनै ३० / ३५ बर्ष पुराना अतितका अँगाडी मेरै छोरीले मोटाइ घटाऊन, शरीर तन्दुरुस्त राख्न भन्दै गीत को तालमा नाच्दै गरिने ब्यायाम अर्थात अभ्यास, जसलाई जुम्बा भनिन्छ र संसार भर यो अती लोकप्रिय छ त्यही जुम्बा गरेको देख्दा हामी अली छिटो जन्मिएछ जस्तो लाग्छ । अहिले पनि म र मेरी बुढी तालु बाट पसिना छुटुन्जेल काम गर्छौं । अमेरिका को मस्ती त छोरा छोरी लाई पो भाछ त । खप्परमा हामीले नल्याए पनि यिनिहरुले भने लिएरै आएका रहेछन जस्तो लाग्छ । हामीलाई त्यो बेलाका घाँस दाउरा, पानी पँधेरा, टाढा टाढा का स्कूल क्याम्पस सबै कुरा अहिलेका जीम, ब्यायामशाला भन्दा बढी थिए होइन र भन्या !!! खयर यि सब कुरालाई टाइम टाइम कि बात हे भनेर लिनु पर्छ जस्तो लाग्छ मलाई, तपाईंलाई नि ??स्रोत : राम प्रसाद खनाल (फेसबुक बाट)
Susma Khanal doing ZUMBA!
