हे बन्दका प्रभुहरू !
तिमीहरूलाई पनि मलाई जस्तै क्यान्सर होस्
बन्दले गर्दा रगत हाल्न अस्पताल जान नसकेर
अकालमा मर्नु परोस् !
किमोथेरापी गर्न जाने दिनहरूमा बन्द होस्
बेलामा उपचार नपाएर अकाल मृत्यु होस् !
...हे बन्दका प्रभुहरू !
बन्दकै दिन तिम्रो अचानक हार्ट अट्याक होस्
तिमीहरूले ओढार-बगरमा बस्न वाध्य पारेका
निमुखा जनता जस्तै
तिमी पनि अस्पताल पुग्न नसकेर
अकालमा कालको मुखमा पर्नु परोस् !