Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पूजा गर्न योग्य नारी,हुनुहुन्थ्यो मेरी आमा

$
0
0
कोमल गज़ल
*******
पूजा गर्न योग्य नारी,हुनुहुन्थ्यो मेरी आमा
मुटु भन्दा धेरै प्यारी,हुनुहुन्थ्यो मेरी आमा
ठान्नुभयो आफू जस्तै,संसारका प्राणी सबै
जन्मै देखि शाकाहारी,हुनुहुन्थ्यो मेरी आमा
सोच्नु भेन कसैको नि,कुभलो र विगार कहिल्यै
अति उच्च सदाचारी,हुनुहुन्थ्यो मेरी आमा
अन्याय र अत्याचारको,लाग्नु भयो विपक्षमा
खोज्ने सधैँ इमान्दारी,हुनुहुन्थ्यो मेरी आमा
गर्नु भयो आदर सत्कार,गुरुजन र मान्यजनको
सरल,शिष्ट,आज्ञाकारी,हुनुहुन्थ्यो मेरी आमा
कहाँ देख्नु अव मैले,झलमल्ल मुहार त्यो
देवी जस्तै महातारी,हुनुहुन्थ्यो मेरी आमा
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:- न्युयोर्क,अमेरिका


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>