Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

बच्चाले नक्कली धावनमार्ग बनाएपछि पाइलट अलमल ! (भिडियोसहित)

$
0
0
तपाईंको हरेक कोशिश तपाईंको सपना साकार बनाउने बाटोमा हुन्छ । यस्तै सन्देश टर्किस एयरलायन्सको नयाँ विज्ञापनले दिएको छ । यस विज्ञापनमा साना साना बालबालिकाहरु आफ्नो गाउँको मैदानमा हरेक दिन हवाईजहाज उडाइरहेको देख्न सकिन्छ । बालबालिका चाहना हुन्छ कि हजाईजहाज एकदिन उनकै मैदानमा उत्रियोस् ।
हवाईजहाज आफ्नो गाउँको मैदानमा उतार्नका लागि बालबालिकाले आफ्नो बुद्धिले निकै प्रयास गरेको भिडियोमा देख्न सकिन्छ । उनीहरुले गाउँको मैदानमा एयरपोर्टको धावनमार्गको डिजाइन गर्छन् । उनीहरुले धावनमार्गमा लाइट पनि राखिदिन्छन् ।
अनि उनीहरुले आकाशमा उडिरहेको हजाईजहाजलाई मैदानमा उतार्न इशारा गर्छन् । बालबालिकाको अवोध र कोमल प्रयास देखेर पाइलट सुरुमा अलमल भएपनि पछि नमुस्कुराइकन बस्न सक्दैनन् ।
source : nepalsandesh

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>