Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

उत्तर कोरियाले थाल्यो युद्धको तयारी

$
0
0
उत्तर कोरियाले दक्षिण कोरियासँगको समुन्द्री सीमा क्षेत्रमा गोलाबारीको अभ्यास शुरु गरेको छ ।
दुई देशको पश्चिमी समुन्द्री क्षेत्रमा उत्तर कोरियाली गोलाबारी गरिरहेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।
प्योङयाङले एक महिना भित्र यस्तो अभ्यास गरेको दोश्रो पटक हो ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले कोरियाली प्रायद्वीपको पश्चिममा रहेका दुई टापुमा गोलाबारीको अभ्यास गरिरहेको जनाएको छ ।

 
 
रक्षा मन्त्रालयले देशको सेनालाई तयारी अवस्थामा राखिएको पनि जनाएको छ ।
उत्तर र दक्षिण कोरियाबीच समुन्द्री सीमा क्षेत्रमा निरन्तर तनाव रहँदै आएको छ ।
 
 
यस अघि पनि दुई कोरियाबीच पटक पटक सीमाक्षेत्रमा गोलीबारी हुँदै आएको छ ।
सन् १९५० मा युद्ध लडेका दुई कोरियाबीच त्यसपछि कुनै शान्ति सम्झौता नभएका कारण दुई देश प्राविधिकरुपमा युद्धमै छन् । 














source : nepaliheadlines

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>