वैशाख १७ । 'बुवा नभएको टुहुरो हुँदैन तर, आमा छैन भने त्यो बच्चा टुहुरो हुन्छ।'बुढापाकाहरुले यो उखान भोगेर अनि बुझेरै राखेका होलान् । हरेक मान्छेका लागि आमा के हो भन्ने कुरा यहि उखानले धेरै बोल्छ ।
नहुर्कीदासम्म आमाले हामीलाई ज्यान दिएर पालन पोषणमा गर्छिन् । आफ्नो सन्तानले खायो कि खाएन उसलाई चैन छ कि छैन हरदम आमालाई यहि कुराको चिन्ता हुन्छ ।
अहिले पनि मलाई सम्झना छ, म सानै हुँदा मेरी आमा कतै जानु भयो र मीठो कुरा खान पाउनुभयो भने मेरो लागि पनि भाग छुट्याएर ल्याई दिनु हुन्थ्यो।

मलाई चैन छ कि छैन अहिले मेरी आमाको पहिलो ख्याल यहि हो।
आमाको ममताको वर्णन शब्दद्वारा गर्नै सकिन्न। आफ्नी आमालाई सम्झीदा तपाईलाई कस्तो अनुभुति हुन्छ? त्यो कुरा लेखेर लेखिन्न।
आज हिन्दु परम्परा अनुसार आमाको मुख हेर्ने दिन। आमा भएका भाग्यमानीहरुले मिठो मिठो खाना आमालाई चढाएर उहाँको आर्शिवाद लिने गर्छन।
आमा नभएकाहरु आजका दिन मातातिर्थ गएर आफ्नो स्वर्गीय आमाको नाममा श्राद्ध गरि दान दक्षिणा गर्छन।
काठमाडौँ र वरिपरिका कति बासिन्दालेे त आफ्नी आमालाई लिएर मातातिर्थ जाँदा रैछन्। त्यहाँ आफ्नो आमाको दिर्घायुको कामना गरेर फर्किदा रहेछन।
विडम्वना, सबै आमाहरुले कहाँ सुख पाउछन र? आफ्नो छोराछोरीको बाटो हेरेर कति आमाहरु आज पशुपति वृद्धा आश्रममा आखाँ रसाएर बसेको भेटेँ।
"सब भाग्यको खेल हो"भनेर चित्त बुझाउदै थिईन आश्रमका एक वृद्धा आमा। बfचुन्जेल हो धर्मकर्म गर्ने, त्यसैले "आमा"अर्थात साक्षात देवीलाई आजैदेखि सुखी राखौँ। आमा खुसी नभए मातातिर्थ धाएको के काम ?
- सेतोपाटी