Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पारसलाई भेटन हिमानी बैंककमा, करिब दश दिनसम्म बस्ने कार्यक्रम रहेको स्रोतले जनाए I

$
0
0
काठमाण्डौ, भदौ, ३० । पूर्वयुवराज्ञी हिमानी शाह पूर्वयुवराज पारसलाई भेट्न बैंकक गएकी छन् । दुई छोरी र एक छोरालाई काठमाण्डौंमै छोडेर हिमानी गत बिहीबार पतिलाई भेट्न बैंकक गएकी हुन् । बैंककमा उत्रेपछि उनी सरासर पारस बसेको ठाउँ च्यानचाई सुधार केन्द्र पुगेकी थिइन् । करिब दश दिनसम्म हिमानी बैंककमा बस्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार पूर्वयुवराज पारसले आगमी दसैंअघि नै काठमाणडौं र्फकने सोचाइ बनाएका छन् । दसैंअघि नै काठमाण्डौं र्फकन उनले काठमाण्डौंमा रहेको बाबुआमालाई खबर पठाइसकेको आजको नयाँ पत्रिकामा खबर छापेको छ । यसबारे पूर्व राजाको परिवारले भने केही प्रतिक्रिया दिएको छैन् । पारस दसैं अघि नै आउँदा हिमानी र पारस सँगै आउन सक्ने स्रोतले जनाएको छ । पारस २०६८ भदौ ११ मा बैंकक गएयता नेपाल आएका छैनन् ।
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>