Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

पार्टी विसर्जनको खतरामा पुग्यो : भटट्राई (एमाओवादी सम्मेलन)

$
0
0

विराटनगर । एकीकृत नेकपा माओवादीका नेता डा.बाबुराम भट्टराईले अर्को महाधिवेशन गर्न माग गरेका छन् । विराटनगरमा जारी पार्टीको राष्ट्रीय सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालको दस्तावेजमा सात बुदे असहमति सहितका प्रस्ताव राख्दै भट्टराईले अध्यक्षको दस्तावेज पुरानै प्रकारको भएको बताए । 
‘समग्रमा दस्तावेज पुरानैको निरन्तरतामा र सारसग्रहवादी प्रकारको छ र यसले पार्टीको संकट वस्तुनिष्ठ ढंगले निराकरण गर्न सक्ने देखिदैन’ भट्टराईले आफ्नो प्रस्तावमा लेखेका छन्, ‘त्यसैले विकसित विचार, राजनीतिक कार्यदिशा, संगठन, नेतृत्व प्रणाली र कार्यशैलीको समष्टिगत सेटमा नै पार्टीभित्र र बाहिर स्वस्थ वहस चलाउदै यथाशिघ्र पार्टी महाधिवेशन आयोजना गर्नु जरुरी भएको छ ।’
उनले दस्तावेजले पार्टीमा उर्जा भर्न नसक्ने बताउदै दस्तावेजमा रहेको कार्यदिशा सम्वन्धी अस्पष्टता, भ्रम र गलत सोचलाई चिरेर पार्टीमा वैचारिक–राजनीतिक एकरुपता कायम गर्दै आम पार्टी पंत्तिलाई स्पष्ट दिशाबोध गर्न र नयाँ उर्जा तथा उत्साह भर्न खासै सफलता प्राप्त गर्न नसक्ने फरक मतमा उल्लेख गरेका छन् । 
दाहालको दस्तावेजको वैचारिक पक्ष सतही र छिपछिपे प्रकारको रहेको आफ्नो लिखित असहमतिमा भटट्राईले उल्लेख गरेका छन् । उनले उत्पादन शक्तिको विकास विना नै मनोगत ढंगले समाजवाद निर्माण हुन नसक्ने बताए । 
भट्टराईले नेतृत्वसग फरक मत राख्नेलाई निरुत्साहित पार्ने प्रवृतिका कारण पार्टी विसर्जनको खतरामा पुगेको बताए । उनले पार्टीको पुनःनिर्माणका लागि निर्मम शल्यक्तिया आवश्यक भएको भन्दै क्यान्सर लागि सकेको विरामीलाई झार फुकले निको नहुने दृष्टान्त दिएका छन् । 
एकिकृत माओवादीको राष्ट्रीय सम्मेलनको बन्दसत्रमा शनिबार समूहगत छलफल भइरहेका छन् ।


Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>