Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

यिनी हरु कस्ता अन्धा पण्डितहरु होलान जो एमाओबादी जस्तो मान्छेलाई जिउँदै जलाउने, गाडने, मार्ने, कुट्ने, लुट्ने लगायतका सबै कूकर्म र पाप गर्नेहरुको पार्टीमा प्रबेश गरेछन !

$
0
0
यिनीहरु कस्ता अन्धा पण्डितहरु होलान जो एमाओबादी जस्तो मान्छेलाई जिउँदै जलाउने, गाडने, मार्ने, कुट्ने, लुट्ने लगायतका सबै कूकर्म र पाप गर्नेहरुको पार्टीमा शँख बजाउँदै, घण्टा हल्लाउँदै, मन्त्रोच्चारण गर्दै, नौटँकी प्रचन्ड र बाबुरामहरुलाई पनि दंग पार्दै  प्रबेश गरेछन ! हुन त उनीहरु जता जान पनि स्वतन्त्र छन तर एक दिन प्रचन्ड र बाबुरामको आतंकको रागमा आफै डढेर खरानीहुने छन । त्यतिखेर थाहा पाउनेछन साराले यिनिहरुका शँख घन्ट र र हिन्दू धर्मको दूरुपयोगको नतिजा । हिजडाहरुको जमात एमालेमा, यस्ता पाखन्डी पण्डितहरु हिन्दू धर्म खतम पार्ने राक्षस हरुको पार्टी एमाओबादीमा !!!! बाच्नु पर्छ अझ के के देख्नुपर्ने हो यि आँखाहरुले । कठै मेरो देशको बिडम्बना ???!!!!!                
शनिवार विहान सवा आठ बजे एमाओवादी मुख्यालाय पेरिस डाडामा रमाइलो माहोल बन्यो। पहिलो पटक एमाओवादी मुख्यालयमा शंखनाद सहित घण्टा बजाएर पण्डित तथा पुरोहितहरु पार्टी प्रवेश गर्दै थिए। एमाओवादी प्रवेश गरेका पण्डितहरुले पेरिसडाँडास्थित पार्टी मुख्यालायमा पहिलो पटक २ मिनेटसम्म स्वास्तीक बाचन समेत गरे । पार्टी मुख्यालामा पण्डित तथा पुरोहितहरुको पार्टी प्रवेसको प्रक्रिया देखेर पार्टी 
नेता अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, कृष्ण महरा तथा अग्नि सापकोटा लगायतका नेताहरुको अनुहारमा हाँसो थियो । पार्टी प्रवेस गर्ने पण्डित तथा पुरोहितहरु घरघरमा जजमानी गर्ने, मन्दिर मठमा पुजा गराउने, विदेशी हिन्दुधर्मावलम्बीलाई पशुपतिनाथमा पूजा गराउने तथा कर्मकाण्ड गराउनेहरु हुन् । एमाओवदीले धर्म संस्कृति नमान्ने प्रवृतिको सुधार गर्न र पार्टीमा सकरात्मक सोचको विकास गर्न पण्डितहरुको पार्टी प्रवेसले सकरात्मक भूीमका खेल्ने पुरोहित सुदर्शन सत्यालले बताए । 'हिन्दू धर्मको जगेर्ण गर्न र धर्मको माध्यमबाट राष्ट्रको विकास गर्न पार्टी प्रवेस गरेका हौं,'पुरोहित सत्यालले पार्टी प्रवेसपछि नागरिकन्युजसँग भने 'हामी पण्डित तथा पुरोहितको प्रवेसले एमाओवादी पार्टीभित्र अहिंसात्मक विचारको प्रवेस हुने विश्वास छ।'पार्टी प्रवेसका कारण पण्डित तथा पुरोहितहरुको पेशाको पनि संरक्षण हुने बुझाइ उनीहरुको छ । छिटै पण्डित तथा पुरोहितहरुले माओवादी निकट अखिल नेपाल गणतान्त्रिक पण्डितपुरोहित महासंघ गठन गर्ने जानकारी कार्यक्रममा दिइयो । पशुपतिनाथ, मुक्तिनाथ तथा स्वर्गद्वारी जस्ता देशका उत्कृष्ट धार्मिक स्थलमा भारतीय भट्टको सटो नेपाली भट्टहरु राख्ने नियमन बनाउन एमाओवादीका शीर्ष नेतालाई सल्लाह दिने पुरोहित सत्यालले बताए । नेपाली पंडितहरुले पनि चारै वेदको ज्ञान राख्ने भएकोले नेपाली पण्डितहरु पनि भट्ट हुने योग्य रहेको उनको दाबी छ । पार्टी प्रवेस गरेका पण्डित–पुरोहितहरुले एमाओवादी नेतालाई हिंसाको बाटो भन्दा पनि शान्तिको नीति लिएर राष्ट्र विकासमा योगदान दिनुपर्ने बताए। - See more at: http://nagariknews.com/feature-article/story/7298#sthash.vlCSvt1w.dpuf
Latest LokGeet तीज गीतहरु + More Videos
Latest Today Various Entertainment + More Videos

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>