![]()
संभवत नायिका सुमिना घिमिरेको यो जवाफ धेरैका लागि आश्चर्य समेत लाग्ने हुनसक्छ । तर आफ्नो जवानी छरपष्ट पारेर चर्चा भन्दा आलोचना बढी खेपेकी यी नायिका आज यस्तै सिनेमाको चर्चा गरेर थाक्दिनन् । उसो त उनले अब यस्ता सिनेमा नखेल्ने बताउँदै पनि आएकी छिन् ।
तर ‘लभ फरेभर’, ‘स्टार’, ‘नाइन ओ क्लक’ लगायतका सिनेमामा आफ्नो जवानी देखाएर चर्चामा आएकी सुमिना अझै पनि यस्ता चलचित्र खेलेर गल्ती गरे भन्ने सोचाइमा पुगेकी छैनन् । उनले भनिन्, ‘त्यस्ता चलचित्रले गर्दा नै आज मलाई राम्रा सिनेमा खेल्ने मौका मिलेको छ । मैले त्यस्ता सिनेमा नखेलेको भए कसले मलाई चिन्थ्यो । आज सबैले सुमिना घिमिरे पनि नायिका छ है भनेर चिनेका छन्, त्यो छाडा भनिएका सिनेमाले गर्दा नै हो ।’
उनले ति चलचित्रहरुमा आफ्नो काम राम्रो भएको तर सिनेमा नचलेको दाबी गरिन् । लामो समयसम्म सिनेमा विहिन भएर बसेकी सुमिना फेरि चलमलाउन थालेकी छिन् । source : onlinekhabar