अमरिकाले उत्तर कोरिया आक्रमण गर्न सक्ने भन्दै चीनले बनाएको गुप्त योजना सार्वजनिक भएको बताइन्छ।
हालसालै जापानमा लिक भएको एक दस्ताबेज अनुसार पीपुल्स लिबरेशन आर्मीले उत्तर कोरियाको आपतकालिन स्थितिसँग जुध्नको लागि प्लान बनाएको छ। उत्तर कोरिया सरकार उलटफेर हुने वा तानाशाह किम जोंग उनको ज्यानको खतरा भएमा चीनिया सैनिकले सबै अधिकार आफ्नो कब्जामा लिने बताइएको छ।
यति मात्र नभई चीनले नै रिफ्युजि क्याम्प बनाएर विस्थापित नागरिकहरुलाई राख्ने बताइन्छ। पिपल्स लिबरेशन आर्मीका रणनीतिका बारेमा बताउदै यस्तो परिस्थितिमा किम का विश्वस्त मान्छे, पार्टी वर्कर र कोरियाको आर्मीलाई पनि शरण दिने बारेमा बताइएको छ।
चीन उत्तर कोरियाको सबैभन्दा विश्वासिलो र सबैभन्दा ठूलो सहयोगी पनि हो । आपतकालिन परिस्थितिबाट बचाउनको लागि यो प्रस्ताब चिनियाँ सेनाले राखेको बताइन्छ।
आपकालिन समयमा कोरियाका नेता किमलाई क्याम्पमा नजरबन्द गर्ने बताइन्छ जसले गर्दा किमले कोरियाको सेनाको नेतृत्व गर्न सक्ने छैनन्। अमेरिकी सेनाले उत्तर कोरियाका नेता किमलाई निशाना बनाउन सक्ने भन्दै यस्तो प्लान गरेको बुझिएको छ। source : nepaliheadlines