Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

गर्भवती पत्नीलाई आगो लगाउनेविरुद्ध मुद्दा दर्ता

$
0
0
बाँके, वैशाख २४– विवाहमा मोटरसाइकल र भैँसी दाइजो नल्याएको भन्दै गर्भवती पत्नीलाई जिउँदै आगो लगाउने फरिद शेखविरुद्ध बाँके प्रहरीले ज्यान मार्ने अभियोगमा मुद्दा चलाएको छ । जिल्लाको विकट क्षेत्र राप्तीपारि लक्ष्मणपुर–८ मियापुरवाका फरिदले श्रीमती रिहाना सेख ढफालीलाई दाइजो नल्याएकै निहुँमा मट्टितेल छर्केर आगो लगाएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपित फरिदविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ । घटनामा संग्लन भनिएका सासू–ससुरा र श्रीमान्समेत भारततिर भागेकाले अहिलेसम्म पक्राउ गर्न सकिएको छैन । फरिदले दाइजोको निहुँमा गत चैतमा पत्नी रिहानालाई मट्टितेल खन्याई आगो लगाएका थिए । गम्भीर घाइते रिहानाको काठमाडौँमा उपचार भइरहेको छ । source : ratopati

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>