गत शुक्रबार फिल्म ‘बेबी’को सुटिङका लागि नेपाल आएका बलिउड अभिनेता अक्षय कुमारको युनिटले ‘आइसफल’लाई तिर्नु पर्ने २५ लाख भारतीय रुपैया तिर्न आनाकानी गरेपछी लफडा सुरु भएको छ । उता एक मात्र अन्तरराष्ट्रिय बिमानस्थल त्रिभुवन बिमानस्थलमा फिल्म सुटिङ गरिएको छ ।बिमानस्थलमा सुटिङ गर्न नदिने बिमानस्थलले केही दिन पहिले बताए पनि बुधवार सुटिङ गरिएको थियो उक्त सुटिङ सकेर अभिनेता अक्षय कुमार दिल्ली उडेका छन् । भारतीय फिल्म युनिटलाई नेपालमा सहयोग गरेको रामकृष्ण पोख्रेलको ‘आइसफल’लाई २५ लाख भारतीय रुपैयाँ नतिरी हिँड्न खोज्दा पोख्रेलको टीमले भारतीय टोलीका सरसामान नियन्त्रणमा लिएको लिए पछि लफडा शुरु भएको हो ।
नेपाली पक्षले भारतीयको सामान नियन्त्रणमा लिएपछि भारतिय पक्षले नेपाल प्रहरी गुहार्दा पोख्रेलको टीमलाई प्रहरीले गौशाला प्रहरी प्रभागमा लगेको छ । आज फर्कन लागेको भारतीय फिल्म युनिटको सामान बुक्तानी लिन बाँकी कम्पनीले रोके पछी युनिटको फलाइट छुटेको छ ।युनिट आज विहानै ७ बजे र्फकने समय थियो । भारतमा पनि शुटिङमा जानुपर्ने भएकाले सामान लैजाने तर एक व्यक्ति यतै बसेर पैसा तिर्ने भन्दा नेपाली युनिटले नमानी सामान कब्जामा लिएको भारतीय पक्षको गुनासो छ । विहीबार बिहानको प्लेन छुटेपछि आफूहरुलाई ५० लाखको क्षति भएको भारतीय पक्षले दाबी गरेको छ । नेपाली पक्ष र भारतीय पक्षीवीच गौशाला प्रहरीले समझदारी गर्ने प्रयास गरेको छ । तर प्रहरीले नेपाली युनिटलाई पक्राउ गरिएको नभई भारतीय पक्षसँग छलफल गराउन मात्र कार्यालयमा ल्याइएको बताएको छ ।
स्क्रिप्ट फेरेर विमानस्थलमा शुटिङ अक्षयकुमारले नेपालमा सुटिङ गरेको यो फिल्मले नेपालको राष्ट्रियता र त्रिभुवन विमानस्थललाई असर पर्ने दृश्य खिच्न लागेपछि यसको चौर्तफि बिरोध समेत भयो । अन्तत: स्क्रिप्ट परिवर्तन गरेरै भए पनि विमानस्थलमा फिल्म सुटिङ गरिएको छ । परिवर्तन गरीएको स्क्रिप्टमा नेपालको बिमानस्थलमा दुब्र्यबहार हुने दृष्य फिल्ममा नराखिएको भए पनि फिल्म रिलिज हुँदा के आउछ हेर्न बाँकी छ ।
source : filmybazar