- अध्यक्ष, एकीकृत नेकपा (माअोवादी)
एकीकृत नेकपा (माओवादी) को विराटनगरमा आयोजित राष्ट्रिय सम्मेलनले एकमतले पार्टीको राजनीतिक प्रस्ताव पारित गरेपनि पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई लगायत केही नेताहरुले केन्द्रीय समितिमा नबस्ने निर्णय गरेपछि सम्मलेनको अन्त्य सुखद हुनसकेन । अझ सम्मेलन लगत्तै भट्टराईको चीन भ्रमणले पनि ‘नयाँ शक्ति’को बहसलाई अझै तीव्र बनाएको छ । यसै विषयमा पार्टीका अध्यक्ष प्रचण्डसँग रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत त कुराकानीको सम्पादीत अंशः
पार्टी रुपान्तरण गर्ने भनेको एकीकृत नेकपा (माओवादी) को राष्ट्रिय सम्मेलनले त पार्टीलाई झन् विवादमा फसायो नि । यसलाई कसरी हेर्नुभएको छ ?
राष्ट्रिय सम्मेलनले पार्टीको वैचारिक–राजनीतिक लाइनलाई परिमार्जन गर्ने र तत्काल संगठनात्मक विषयलाई नीतिगतरुपमा समाधान गर्ने भन्ने थियो, यसमा विराटनगरमा आयोजित राष्ट्रिय सम्मेलन सफल भएको छ । किनभने विचार, राजनीति र संगठनसम्बन्धी प्रस्ताव एक मतले पारित भयो, त्यसमा कसैको बिमती भन्ने छैन । त्यस्तै, विराटनगर सम्मेलनको अर्को उद्देश्य भनेको भद्दा रहेको संगठनको आकारलाई सानो बनाउने थियो । यसमा पनि हामी सफलनै भएका छौं । जसरी मिडियामा राष्ट्रिय सम्मेलनमा केही उपलब्धीहरु भएन भन्ने प्रचार भएको छ, त्यो बिलकुलै गलत हो । अहिले डा. बाबुराम भट्टराईजी लगायत केही साथीहरु बस्नु भएन, त्यो अर्को हो ।
डा. भट्टराईले त तपाईंलाई केन्द्रीय समितिमा ‘यसम्यान’ मात्र जम्मा गरेको आरोप लगाउनुभयो नी ।
यो विषयमा म धेरै नकारात्मक टिप्पणी गर्न चहान्न । किनभने पार्टीलाई एकताबद्ध गर्नु छ, बाबुरामजीहरुलाई पनि फर्काएर ल्याउनुपर्ने छ । वहाँहरु पहिलेकै स्थानमा आएर काम गर्नु छ । तर, जसरी ममाथि यसम्यान मात्र राख्न खोजियो भन्ने आरोप जुन लगाइएको छ, त्यो बिलकुलै निराधार छ । यसको सबैभन्दा ठूलो प्रमाण बाबुराम भट्टराई नै हो । बाबुरामजीलाई मैले २५ वर्षदेखि लगातार कमिटीमा लिएर हिँडेको छु । के बाबुराम भट्टराई २५ वर्षदेखि कमिटीमा मेरो यसम्यान भएर बसेको हो त ? कि अहिलेसम्म म यसम्यान भएर बसेको थिएँ, अहिले बल्ल मेरो बुद्धि आयो र अब म यसम्यान हुन्न भनेर भन्नुप¥यो । यत्रो लामो समयसम्म बाबुरामजी जस्तो मानिसलाई निरन्तररुपमा कमिटीमा लिएर आउनेलाई यसम्यान मात्र जम्मा ग¥यो भन्ने आरोप लगाउनु बिल्कुलै गलत कुरा हो ।
एमाओवादीमा अहिले देखिएको विवादले पार्टी फेरि फुटको दिशातिर अग्रसर भएको भन्ने टिप्पणीहरु पनि हुन थालेका छन् । के छ पार्टीभित्रको विवादको स्थिति ?
पार्टी फुटदैन, फुट्नु पनि हुँदैन । बरु पहिले विभाजित भएका साथीहरुलाई पनि एकताबद्ध गरेर अघि जानुपर्छ । विराटनगर सम्मलेनले अघि सारेको राजनीतिक प्रस्ताव पनि त्यही हो । यसमा बाबुरामजीको पनि समर्थन रहेको छ । यस्तो हुँदाहुँदा म कसरी भनुँ बाबुरामजीहरु फुटेर जानु हुन्छ ? फेरि बाबुरामजी जहिले पनि विचार र राजनीतिलाई प्राथमिकता दिनुपर्छ भन्ने मान्छे एक दुई जनाको लागि पार्टी फुटाएर जानुहुन्छ भनेर सोच्नु जस्तो ठूलो अपमान वहाँको केही पनि हुँदैन ।
तर, तपाईंले त बाबुराम भट्टराई छाडेर मोहन वैद्य ‘किरण’सँग नजिक भएको भन्ने कुरा बाहिर आएको छ नी ।
यसमा कुनै सत्यता छैन । मैले बाबुरामजीको सहमतिमानै वैद्यजीहरुसँग एकताको पहल गर्नुपर्छ भनेर भनेको हो । के बाबुरामजीले कतै वैद्यहरुलाई ल्याउनु हुँदैन, एकता गर्नु हुँदैन भनेर भन्नु भएको छ ? यदी भन्नुभएको छ भने सायद त्यो कुरा ठीक होला । नत्र भने वैद्यजीहरुसँग एकता गर्नुपर्छ भन्ने विराटनगर सम्मलेनको राजनीतिक प्रस्ताव प्रचण्ड र बाबुरामको एकै मतले पास भएको हो । यस्तो हावा तर्क गर्नेहरुलाई के जवाफ दिन सकिन्छ र ?
अहिले डा. भट्टराईको चीन भ्रमणलाई पनि निकै महत्वका साथ हेरिएको छ । निजी भनिएको भ्रमणका बेला विभिन्न नेताहरुलाई भने गरेपछि यसलाई नयाँ पार्टी बनाउने कसरत भनेर पनि धेरैले टिप्पणी गरेका छन् । वहाँको भ्रमणको बारेमा पार्टीलाई जानकारी थियो ?
यसबारेमा वहाँले मलाई जानकारी गराउनु भएको थियो । त्यो चीन भ्रमणभन्दा पनि परिवारलाई मानसरोवरको दर्शन गराउने भन्ने हो । यसलाई औपचारिक भ्रमण भन्दा पनि व्यक्तिगत भ्रमण भनेर नै बुझ्न राम्रो हुन्छ । पार्टी फुटको लागि वहाँको यो भ्रमण हो भन्ने बिलकुलै गलत हो ।
पार्टी विभाजनपछि अहिले एमाओवादी जुन स्थानमा आएको छ । के अब पार्टी रुपान्तरण भएर पहिलेकै स्थानमा पुग्न सक्छ त ?
मलाई विश्वास छ पुग्न सकिन्छ र पुग्छ । जनताहरु यतिबेला एमाओवादीले आफ्नो कमीकमजोरी सुधारेर फेरि जनताकै पार्टी बनोस् भन्ने चाहेका छन् । अहिले हामीले जुन प्रस्ताव लिएर आएका छौं, त्यसले एकाध वर्षमा नै हामी पहिलेको स्थानमा आउने छौं भन्ने विश्वास मेरो छ । जबसम्म यो पार्टीलाई पहिलेकै स्थानमा पु¥याउँदिन, म विश्राम लिने छैन भनेर एउटा संकल्प मैले गरेको छु । राष्ट्रको स्वाधिनता र जनताको परिवर्तनको पक्षमा पनि फेरि पूरानो ठाउँमा पु¥याएर मात्र विश्राम लिन्छु । केन्द्रीय समितिको बैठकपछि एउटा कार्यक्रम बनाएर म देशव्यापी एउटा अभियानमा जाने सोचेको छु ।
- Source : ratopatiपार्टी रुपान्तरण गर्ने भनेको एकीकृत नेकपा (माओवादी) को राष्ट्रिय सम्मेलनले त पार्टीलाई झन् विवादमा फसायो नि । यसलाई कसरी हेर्नुभएको छ ?