Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

२० लाखमै काठमाडौं घर |

$
0
0

 

२० लाखको घर भने एसबी मल्टिपर्पोज नामक कम्पनीले राखेको हो । कम्पनीले मच्छेगाउँमा साढे दुई आना जग्गामा बनेको घर २० लाख रुपैयाँमा विक्रीका लागि राखेको हो । त्यस्तैगरी डाउनटाउन हाउजिङले २३ लाख रुपैयादेखि अपार्टमेन्ट बिक्रीका लागि राखेको छ ।

 

ग्रिन हिल सिटी र रोज भिलेजका परियोजनामा ६५ लाख रुपैयादेखि २ करोड ५० लाख रुपैयाँका घर छन् । दुवै गरेर १ हजार युनिट घरमा साढे ५ सय बिक्रीका लागि खुला गरिएको छ । बाँकी सबै बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

ghar jagga mela

 

मेलामा स्वदेशी तथा विदेशीसहित १ सय ५० भन्दा बढी घरजग्गा व्यवसायी तथा २५ हाउजिङ कम्पनी सहभागी भएका छन् । मेलामा विशेषगरी गुणस्तरीय निर्माण सामग्री, विद्युत् तथा विद्युतीय सामग्री, शिशा, पाइप तथा फिटिङ, स्यानिटरी वेयर्स, लिफ्ट, इस्केलेटर, झ्यालढोका, सिमेण्ट, डण्डी, पेण्ट्स, फनिर्चर तथा फर्निसिङका सामग्री, बैङ्क, वास्तुशास्त्रलगायतका ८३ ओटा स्टल राखिएका छन् ।

 

मेलाले घर, अपार्टमेण्ट र विकसित घडेरी खरीदकर्ताका लागि आफ्नो रोजाइका व्यवसायीसँग प्रत्यक्ष भेटघाटको अवसर प्रदान गर्ने आयोजक नेपाल जग्गा तथा आवास विकास सङ्घले बताएको छ । वैशाख २८ गतेसम्म सञ्चालन हुने मेलाको प्रवेश शुल्क रू. ५० तोकिएको छ । मेला करीब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

source : nepaliheadlines

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>