लालबहादुर ढेंगा, दुबई, युएई
२८ बैशाख, दुबई । वैदेशिक रोजगारदाताहरुका लागि खाडी मुलुकहरुमध्ये युएईलाई एउटा राम्रो गन्तव्यको थलो मानिन्छ । युएईमा लगभग दुई लाखको हाराहारीमा नेपाली कामदारहरु कार्यरत छन् भने अझै दिनहुँ भित्रिने क्रम पनि तिब्र रुपमा बढ्दो छ । नेपाली कामदारहरुको संख्या बृद्धि हुदै गएको परिप्रेक्ष्यमा यदाकदा समस्याहरु पनि बढ्दै गएका छन् ।
घर परिवारलाई सुख शान्ति र खुशी दिने सपना देखाउदै बिदेशिएका कतिपय नेपालीहरु बिदेशको भूमिमा आएर पनि सम्पूर्ण सपनाहरु चकनाचुर भई विभिन्न समस्याहरु झेल्नका साथ आफ्नो ज्यान समेत गुमाउन पुगेका छन् । राम्रा–राम्रा कपडा, गहना र सामानहरु लिएर आउनेको आशामा बसेका घर परिवारलाई लाश, लाचार र बिरामीको अवस्थामा फर्केको पाउंदा कस्तो दर्दनाक पीडाको सामना गर्न पर्छ भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो ।
यसम–५, ओखल ढुंगा निवासी बुद्धीबहादुर कार्की दुबईको राशिद हस्पिटलमा विगत १० महिनादेखि बेहोशीको अवस्थामा रहेका छन् । उनी ड्यूटीको क्रममा मोटर साइकलबाट सडक दुर्घटनामा परेका हुन् । दुर्घटना कसरी भयो भन्ने तथ्य भने अझैसम्म खुल्न सकेको छैन । दुर्घटना स्थलमा मोटर साइकलका साथ बेहाशीको अवस्थामा पुलिसले हस्पिटलमा भर्ना गरेको हो । सायद कुनै गाडीले ठक्कर हानेर गयो होला भन्ने अनुमान अनुसन्धान टोली लगाउंछन् ।
हस्पिटलमा भर्ना भएपछि ३६ दिनसम्म आईसीयुमा राखिएको थियो । खासगरी ब्रेनमा असर परेको हुनाले दुई पटकसम्म ब्रेनको अप्रेशन पनि गरिएको हो । तर, केही सुधार भने हुन सकेन । अहिलेको अवस्थामा केवल आंखाले हेर्ने तर केही शरीरमा हलचल नै भएको छैन् । बेहोशीको अवस्थामा बेडमा रहेको कार्कीको हालत भने नाजुक रहेको छ । साथै यो भन्दा सुधार हुनमा आश थोरै मात्रामा देखिन्छ ।
सन् २०१० मा रोजगारीको सिलसिलामा दुबई छिरेका बुुद्धीबहादुर कार्कीको नेपालस्थित घरमा श्रीमतीका साथ एउटा छोरा र एउटा छोरी रहेका छन् । श्रीमती, छोरा र छोरीको पालन पोषण गर्ने जिम्मा भएका निजको यस्तो हालत भएपछि आर्थिक अभावका कारण घरमा विभिन्न समस्याहरु समेत झेल्न परेको नजिकका आफन्त पर्ने दुबईमा कार्यरत नारायण श्रेष्ठ बताउनु हुन्छ ।