विराटनगर । पछिल्लो समय पुर्बाञ्चलमा हाँस्य क्षेत्रमा जमेको जोडी मध्येको एउटा जोडी हो बिमल ढुंगेल र बिक्रम धिमालको जोडी । यो जोडी यतिबेला पुर्बमा मेरी बास्सैका धुर्मुसे र माग्ने बुढा अर्थात सिताराम कट्टेल र केदार घिमिरे जस्तै चर्चित बनेको छ ।
पुर्बका प्राय सबै स्टेज शोहरुमा उनीहरु मेरीबास्सै जोडीकै भुमिकामा उत्रिन्छन् । उनीहरुलाई देख्नासाथ धुर्मुसे र माग्ने बुढो आयो भन्दै दर्शकहरु हुटिङ शुरु गरिहाल्छन् । हुन पनि बिमल र बिक्रम सबै पात्रहरुको नक्कल गर्न उत्तिकै खप्पिस पनि छन् । पछिल्लो सयम एरिना टेलिभिजनद्धारा हरेक आईतबार राति ९ बजे प्रसारण हुने चलेको चलन नामक टेलिचलचित्रमा उनीहरुको दमदार अभिनय समेत हेर्न पाईन्छ । सो टेलिचलचित्रका लेखक पनि बिमल ढुंगेल नै हुन । बिक्रम धिमाल भने सो श्रृखलाका कलाकार हुन् । मोरंगको बेलबारी ३ मिर्मिरेचोकमा बि.स २०४७ सालमा बुद्धिलाल र दिलमाया धिमालको कान्छो सुपुत्रका रुपमा जन्मिएका धिमालले अहिलेसम्म १ सय ५० बढी स्टेजमा प्रस्तुति दिँदै थुप्रै वाहावाही कमाईसकेका छन् । उनलाई सम्मान र पुरस्कार दिने संस्थाहरुको समेत लामो सुची रहेको छ । एसएलसी सम्म अध्यायन गरेका धिमालको कलाकारिता भने कुनै राष्ट्रिय कलाकारको भन्दा कम छैन । एता सप्तरीको फत्तेपुरमा बि.स २०४६ सालमा जन्मिएका बिमल परिवारका एक मात्र सन्तान हुन् । टंकप्रसाद र लिलादेबी ढुंगेलको कोखबार जन्मिएर कलाकारितामा राम्रो छाप छोडन सफल उनी एक सफल लेखक अनि कलाकार हुन् । उनले केही नेपाली चलचित्र र टेलिचलचित्रमा समेत अभिनय गरिसकेका छन । पछिल्लो समय उनी भोजपुरी चलचित्र अनामिकाको लेखनमा समेत ब्यस्त रहेका छन । उनीहरुको अभिनयमा दम भएको उनीहरुका सहकर्मी सुमन बस्नेत समेत स्वीकार्छन । ↧