Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

भ्यालेन्टाइन डे मनाएका पाँच जना युवालाई ३२ वर्ष कैद र ४५ सय पल्ट कोर्रा हान्ने सजाय !!!

$
0
0
महिला साथीलाई बोलाएर भ्यालेन्टाइन डे मनाएका पाँच जना युवालाई साउदी अरबको एक अदालतले ३२ वर्ष कैद र ४५ सय पल्ट कोर्रा हान्ने सजाय सुनाएको छ। उनीहरुलाई अल फारुक क्षेत्रमा भाडाको घरबाट गत फेब्रुअरीमा पक्राउ गरीएको थियो। उनीहरुमाथि महिलासँग अवैध समबन्ध बनाएको, नाचेको र रक्सी 
पिएकामा दोषी ठहर गरिएको छ। पार्टीमा सहभागी ६ महिलालाई अहिलेसम्म सजाय सुनाइएको छैन्। पुरुष अभियुक्तहरुले जेद्दाहस्थित क्रिमिनल कोर्टसामु उपराध स्वीकारेका छन्। मुस्लिम सरिया कानुन कार्यान्वयन गर्ने सरकारी एजेन्सी कमिसन फर द प्रमोसन अफ भर्चु एण्ड प्रिभेन्सन अफ भाइस सीपीभीपीभी र सुरक्षाकर्मीको गस्तीले ती ११ जनालाई कब्जामा लिएको थियो। सीपीभीपीभीले कानुन अवज्ञा गर्नेमाथि निगरानी राख्छ। यसलाई धार्मिक प्रहरी पनि भनिन्छ। यसले धर्मको मार्गमा समाज चल्नुपर्ने भन्छ ।
source: nepalmother

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>