Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

फुटबल खेल हेर्न पुगेकाहरुबीच भागदौड मच्चिंदा १५ जनाको मृत्यु

$
0
0
काठमाडौं, वैशाख २९ । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिकन अफ कंगोमा फुटबल खेल हेर्न आएकाहरुबीच भागदौड मच्चिंदा १५ जनाको ज्यान गएको छ । खेल हेर्न आएकाहरुले चार जना प्रहरीलाई दुब्र्यबहार गरेपछि भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्दा भएको भागदौडमा फुटबल हेर्न आएका १५ जनाको मृत्यु भएको हो । घटनामा २० जना घाइते भएका छन् । / कंगोको कनशाशा सहरमा एएसभी र टुट पुसाएन्ट मजाम्बे फुटबल क्लबबीच भएको खेलमा एएसभीले खेल १–० ले जितेपछि दुई पक्षका समर्थकबीच झडप भएको थियो । (एजेन्सी)

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>