Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

रमेश खरेललाई अनेक बहाना बनाएर काठमाडौंबाट हटाईदै गृहमन्त्री

$
0
0
काठमाण्डौ २९,
१. महानगरीय प्रहरी आयुक्त कार्यालयमा कार्यरत प्रहरी हवल्दार उप्रेती आइतबार साँझ कार्यालयबाट घर फर्कदै थिइन्, बालाजुको गंगा हल अगाडि पल्सर मोटरसाइकलमा आएका युवाहरूले सिक्री लुछेर टाप कसे । प्रहरी नै भए पनि लुटेराको अगाडि उनी निरीह बनिन् । आइतबार नै अन्य पाँच जना सर्वसाधारणको गहना त्यसैगरी मोटरसाइकलमा सवार गिरोहले लुटेर भागे, प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेन ।
२. कालीमाटीस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्थाका बैंकिङ अधिकृत केशबबहादुर कार्की गत १७ गते टेकुस्थित एभरेष्ट बैंकबाट पैसा निकालेर निस्कदै थिए, एक व्यक्तिले उनको कपडामा हिलो छ्यापे । अर्का व्यक्तिे हिलो लागेको देखाएर कपडाको हिलो पुछ्न लगाए । पैसाको झोला छेउमा राखेर कपडामा लागेको हिलो उनी पुछन् लाग्दा उनको २ लाख ८० हजार गायब भयो । हिलो लागेको भनेर देखाउने व्यक्ति पैसाको झोला बोेकेर टाप कसिसकेका थिए ।
३. अर्घाखाँची घर भएका बिष्णु नेपाली महाराजगंजको एक बैंकबाट चार लाख रुपैयाँ निकालेर बाहिरएका थिए । एक युवक नमस्कार गर्दै नजिकिए । चिनजानकै व्यक्तिजस्तै गरी कुरा गर्दै शंकपार्क नजिकै पुर्‍याए । त्यहाँ रहेको एउटा गिरोहले उनलाई नियन्त्रणमा लिई दिउँसै चार लाख रुपैयाँ लुटेर भागे ।
राजधानीमा पछिल्लो समय हुने गरेका अपराधिक घटनाका यी केही उदारणमात्र हुन् । हरेक दिनजसो काठमाडौंमा मात्र ४/५ वटा चोरी लुटपाट हुन थालेको छ । तर लुटेराहरू पक्राउ पर्न सकेका छैनन् ।
काठमाडौंमा गुण्डागर्दी नियन्त्रणमा चर्चा कमाएका एसएसपी रमेश खरेल अपराध नियन्त्रणमा भने पूर्ण रुपमा असफल भएका छन् । राजधानीमा पछिल्लो एक महिना चोरी र लुटपाट यसरी बढेका छन् कि प्रहरी पुरै असफल भएको छ ।
प्रहरीकै सिक्री लुटपाट हुन थाल्नुले शान्ति सुरक्षाको अवस्था कुन स्थितीमा छ भन्ने प्रष्ट पार्छ । एक महिनायता प्रत्येक दिन सर्वसाधरणका सिक्री लुटिएका छन् । तर लुटेराहरूले सजिलै भाग्न सफल भइरहेका छन् । प्रहरी मुकदर्शक बन्न पुगेको छ ।
ललितपुर कुपण्डोल बस्ने सभेक्षा राणा गत बिहीबार साँझ भृकुटीमण्डपमा लुटिइन् । मोटरसाइकलमा सवार लुटेराहरूले उनको पाँच तोलाको सिक्री लुटे ।खबिहीबार नै बानियाँटार इनकुमारी रोक्काको तीन तोलाको सिक्री लुटिएको थियो ।
गत बैशाख ११ गते कपन महांकालस्थित बाटोमा हिंडिरहेकी मन्दिरा मैनालीको सिक्री मोटरसाइकलमा रहेका एक युवाले तानेर भागे । त्यसको चार दिनपछि कालीमाटीमा त्यस्तै घटना भयो । मोटरसाइकलमै सवार व्यक्तिले उनको सिक्री लुटेर भागे । एक महिनाको अवधिमा ३० जना भन्दा धेरै महिलाहरूको गहना लुटिएको छ । मोटरसाइकलमा सवार लुटेराहरूले घाटीमा लगाएको गहना लुछेर भाग्ने गरेका छन् ।
दिउँसो चार बजेपछि प्रहरी कन्ट्रोलले ‘अल,सर्कल सेक्टर’ भन्दै सबैलाई सेटमा सिक्री लुटपाट हुने बेला भयो भन्दै सर्तक गराउने गरेको छ । हरेक वृत्तले इन्सपेक्टरलाई नै सिक्री लुट्नेहरू खोज्ने सादा पोशाकमा हरेक साँझ खटाउने गरेको छ । लुटपाट रोकिएको छैन सबै वृत्तका प्रहरी मात्र होइन एसएसपी खरेल नै अपराध बढेको देखेर चकित भएका छन् ।
सिक्री लुटपाट राजधानीको पुरानै अपराध हो । तर कहिले काही मात्र यस्तो घटना हुने गरेका थिए । पछिल्लो समय आतंक नै छाएको छ । प्रहरीका हाकिमहरूले नै आफ्ना श्रीमतीहरूलाई गहना लगाएर बाहिर ननिस्कन भन्न थालेका छन् । ‘अचम्मैसँग लुटपाट बढिरहेको छ,’ महानगरीय प्रहरी आयुक्त कार्यालयका एक प्रहरी अधिकारी भन्छन्,‘धेरै वर्ष भएको थियो यस्तो लुटपाट नभएको ।’
दिनप्रतिदिन अपराध बढ्दै गएपछि काठमाडौंका प्रहरी प्रमुख एसएसपी रमेश खरेल पनि संकटमा परेका छन् । गृहमन्त्री बामदेव गौतम उनलाई हटाउन बहाना खोजेर बसिरहेका बेला काठमाडौंको सुरक्षा अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएपछि खरेललाई हटाउनेबाटे गौतमले समेत तयारी गरेको स्रोत बताउँछ । राननीतिक दबाब नमान्ने भएकाले खरेल राजनीतिक नेतृत्वमा अलोकप्रिय छन् । राजधानीमा गुण्डागर्दी निर्मल पार्न सफल भएपनि अन्य अपराध नियन्त्रणमा उनी खासै सफल हुन सकेका छैनन् ।
यसअघि पनि काठमाडौं प्रहरी प्रमुखलाई गृहमन्त्रीले विभिन्न निहुँमा हटाएका उदाहरण छन् । एसपी केदार रिजाललाई घन्टाघरमा फैजान अहमदको हत्या भएपछि असक्षम भएको भन्दै हटाएका थिए । एसएसपी रण बहादुर चन्द पनि असक्षम भनि पाँच महिनामै हटाइएका थिए ।
अपराध महाशाखा असुलीमै व्यस्त
उपत्यकामा भएका अपराधको अनुसन्धान गर्ने प्रमुख जिम्मेवारी बोकेका निकाय महानगरीय प्रहरी अपराध महाशाखा निकम्मा बन्न पुगेको छ । राम्रो टिम हुन नहुँदा अपराध अनुसन्धानमा भन्दा पनि धेरै प्रहरीको ध्यान पैसा असुलीमा हुने गरेको छ ।
महाशाखाका सबै पिलर इन्चार्जहरू बदनाम प्रहरी अधिकारीहरू छन् । पहिला काठमाडौं परिसरको घुमुवाका रुपमा काम गरेर असुलीमा चर्चा कमाएका प्रजित केसी यतिबेला महाशाखामा छन् । ठगी सम्बन्धी अनुसन्धान गर्ने शाखामा रहेका उनी लेनदेनका ठुलो केसमा मात्र चासो दिने गरेका छन् । त्यस्तै चोरीसम्बन्धी घटनाको अनुसन्धान गर्ने ओम अधिकारी पनि पूर्ण रुपमा असफल भएका छन् । चोरी र लुटपाट बढेपनि पक्राउ गर्न उनको टिमले सकेको छैन ।
त्यस्तै गुण्डागर्दीसम्बन्धि पिलरमा डिएसपी मिरा चौधरी छिन् । महाशाखामा आएको चार महिना भएपनि उनले एउटा पनि राम्रो काम गरेर देखाउन सकेकी छैनन् । परिसरमा रहँदा घुमुवाका रुपमा कार्यरत इन्सपेक्टर मंजिल मुकारुम पनि महाशाखामा असुलीमा मात्र केन्द्रीत हुने गरेका छन् । डिएसपी सुरेन्द्र मैनाली काममा भन्दा हाजिर गरेर फर्किने गरेका छन् ।
‘इन्चार्जको पनि ध्यान काममा भन्दा असुलीमा भएपछि महाशाखा निकम्मा बन्न पुगेको हो,’ महाशाखाका एक अधिकारीले भने । महाशाखाका एसपी सुकदेव न्यौपाने पनि घर जाने बेलामा असुलीमै मात्र केन्द्रित छन् भने अर्का एसपी भुपाल भण्डारी भने खासै विवादमा आएका छैनन् ।

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>