Quantcast
Channel: ScotNepal
Viewing all articles
Browse latest Browse all 20351

संसारकै शक्तिशाली राँगो, जसले जित्यो ११ वटा सिंहलाई (फोटो फिचरसहित)

$
0
0
तान्जानियाको निकुञ्जमा वाइल्ड लाइफको मज्जा लिन गएका पर्यटकहरु त्यसबेला लाचार भए, जब ११ वटा भोकाएका सिंह एक जंगली राँगाको शिकार गर्न जुटे । आश्चर्य, झण्डै २० मिनेटसम्म चलेको संघर्षमा जित राँगाको भयो, ११ वटा सिंहको बथान लाचार भएर फर्किनुपर्यो । पर्यटकहरु १२ वटा सफारीमा खचाखच थिए, त्यतिकैमा उनीहरुको सवारीलाई छिचोल्दै ११ वटा घोर्ले सिंह चरिरहेका भैंसीको बथानतिर लागे । घेरा हालेर उनीहरुले राँगामाथि आक्रमण गरे ।
अन्य भैंसी भाग्न सफल भए पनि एउटा भने जालमा पर्यो । सिंहले उसलाई खुट्टा, पुच्छर, ढाड जताजतैबाट एकसाथ आक्रमण गरे । तर, राँगाले आफुलाई जोगाउन निकै संर्घष गर्यो । २० मिनेटसम्मको लडाईंमा सिंहले रागालार्इ ढाल्न असमर्थ भए । राँगो अन्ततः भागेर ज्यान जोगाउन सफल भयो । सिंहहरु हेरेको हेर्यै भए ।
पर्यटकको समूहमा रहेका स्कोट म्याकलियोडले यी सबै दृष्य आफ्नो क्यामेरामा कैद गरेका छन् । सिंहले राँगामाथि आक्रमण थालेपछि आफूहरुले सफारी पछि पारेको उनले बताए । ११ सिंहको सामना गरेर जित हात पारेको राँगालाई उनले ‘विश्वको सबैभन्दा बलबान राँगो’ भनेका छन् ।
–डेलीमेलबाट

Viewing all articles
Browse latest Browse all 20351


<script src="https://jsc.adskeeper.com/r/s/rssing.com.1596347.js" async> </script>